बाँसडोल/वाँसडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा पूर्व सञ्चारमन्त्री तथा काभ्रे प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले सहकारी भनेको जनताको पैसा लगानी भएकाले सञ्चालकले सहकारीको नियम, विधी र ऐन अनुसार सञ्चालन गर्नु पर्ने बताए । सहकारीको ऐन, विधि र नियम अनुसार सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नआएको बासकोटाको भनाई रहेको थियो । बाँसडोल सामुदायिक संस्थाको खराब ऋण ०.३ प्रतिशत भएकाले सहकारीको उत्कृष्ट काम रहेको बताए । केही ठुला सहकारीका संचालकहरुको बेइमानी र बदमासीका कारण सदस्यहरुले दुःख पाएको बताउँदै बास्कोटाले सदस्यहरुले सम्पुर्ण सहकारीहरुलाई एउटै रुपमा नहेरी सञ्चालकहरुले पनि नियम विपरीत नगरी बचतकर्ताहरु पनि चनाखो भएमा र ऋणीहरुले पनि समयमा नै ऋण तिर्दै गएमा सहकारीमा समस्या नआउने बताए । सहकारी बाहेक फरक प्रसङ्गमा विकासका विषयमा धारणा राख्दै पूर्व मन्त्री बास्कोटाले २०७४ सालमा निर्वाचित भए पछि बनेपा १२ को वडामा जाने मुल सडकलाई १० करोड बजेट राख्दा पनि निर्माण ब्यबसायीका कारण समयमा सडक बन्न नसकेको बताए । पहिलो पटक सम्झौता गरिएको ठेक्का तोडी नयाँ ब्यवसायीलाई ठेकदारलाई सडक निर्माण सम्झौता भएकोले समयमा नै निमार्ण सम्पन्न गर्ने विश्वास लिएको बास्कोटाले बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुँवर, वडा नम्बर १३ का अध्यक्ष रामलाल दुवाल, नेपाल रेडक्रस सोसाईटी बाँसडोल उपशाखा सभापति मुकुन्द शर्मा, स्थानीय ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सचिव रामकृष्ण कुँवरले आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना कुँवरले तथा लेखा प्रतिबेदन संयोजक कञ्चन भुजेलले सभामा प्रस्तुत गरेका थिए ।
१३ का अध्यक्ष रामलाल दुवाल, नेपाल रेडक्रस सोसाईटी बाँसडोल उपशाखा सभापति मुकुन्द शर्मा, स्थानीय ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सचिव रामकृष्ण कुँवरले आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना कुँवरले तथा लेखा प्रतिबेदन संयोजक कञ्चन भुजेलले सभामा प्रस्तुत गरेका थिए ।
संस्थाको कुल निक्षेप १७ करोड ५५ लाख २७ हजार, ऋण लगानी २३ करोड २० लाख ६ हजार, नाफा ५४ लाख ४ हजार र जगेडा कोष ३ करोड १० हजार रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत अनन्तप्रसाद तिमल्सिनाले संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । संस्थाले सुत्केरी भेटघाट, सदस्यको देहान्त समवेदना, विवाह प्रतबन्ध, पास्नी भेटघाट, रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर, दन्त शिविर, मठ मन्दिर संरक्षण तथा सरसफाई, प्रतिक्षालय निर्माण, सदस्यहरुका लागि ऋण वीमा, सदस्य राहत कोष, सदस्य स्वास्थ्य वीमा, सदस्य दुर्घटनमा वीमा, जीवन वीमा लगायतका थुप्रै कार्यहरु गर्दै आएको बताए । कार्यक्रममा १६ जना जेष्ठ सदस्य, बाल सदस्य, उत्कृष्ट ऋणी, बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष राजन थापाले राखेका थिए भने सभापतित्व अध्यक्ष सुरेन्द्र महतले गरेका थिए । त्यसैगरी कार्यक्रममा बाँसडोल सामुदायिक बहुउद्देश्यीय र बाँसडोल रेडक्रस सोसाईटी उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका रेडक्रस सोसाईटी बाँसडोल उपशाखा सभापति मुकुन्द शर्माले बताए ।





