बनेपा/नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन बनेपाको १४ औं बार्षिकोत्सव तथा महा–महोत्सव कार्यक्रम सम्पन्न भएको छ । इस्कोन बनेपाको आयोजनामा भएको कार्यक्रममा विहान ८ बजे देखि ११ बजेसम्म नर्सिङ्ग यज्ञ आयोजना गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा प्रवचनका साथै भगवानको अभिषेक, दीप दान, भजन किर्तन र झाँकी तथा आरती दर्शनका साथै महाप्रसाद ग्रहण गराईएको थियो । सहभागीहरुले स्वःइच्छा आर्थिक सहयोग, स्वयंसेवक सहयोग वा अन्नदान, तुलादान तथा कुनै पनि प्रकारको सहयोग गरेका थिए । बनेपामा रहेको इस्कोन परिवारले चारदोबाटो भित्र रहेको साविकको चकलेट कारखाना भित्र उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो । इस्कन बनेपाका अध्यक्ष पुकारराज न्यौपानेले नियमित कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको बताए । विश्वका विभिन्न देशमा सक्रिय इस्कोनको स्थापना १३ जुलाई १९६६ मा न्युयोर्क सहरमा भक्तिवेदान्त स्वामी प्रभुपादले गरेका थिए । यसको मुख्य कार्यालय हाल भारतको पश्चिम बङ्गालमा अवस्थित छ । एकेश्वरवादी मूल विश्वासको यसको अद्वितीय रूप हिन्दू धर्मशास्त्रहरूमा विशेष गरी भागवद्गीता र भागवत पुराणको आफ्नै प्रकाशित अनुवादहरूमा आधारित छ । इस्कोन गौडिय वैष्णव परम्पराको सबैभन्दा ठूलो र तर्क सङ्गत रूपमा, सबैभन्दा महत्वपूर्ण शाखा रहेको छ । जसका अनुयायीहरू १६ औं शताब्दीको सुरु देखि नै थिए । अमेरिकी र युरोपेली भक्तहरूसँग सन् १९०० को दशकको सुरुदेखि नै भारतमा अनुयायीहरू रहेका छन । यसका कर्महरूलाई भक्त भनिन्छ जसले कृष्णलाई प्रसन्न गर्न आफ्नो विचार र कार्य दुवै समर्पित गर्दछ, जसलाई उनीहरूले सर्वाेच्च भगवान मान्दछन् ।





