बनेपा/पञ्तजली योग पिठ हरिद्धार भारतबाट नेपालका विभिन्न स्थानमा गएको वाढिपिडीतहरुको लागि पठाईएको राहत सामाग्री काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे, रोशी गाउँपालिका, बेथान्चोक गाउपालिका, पनौती न.पा. ११ स्थित डाडाँगाउँ, बेथान्चोक गा.पा.को च्याल्टी र फलामेटारका पिडीतहरुलाई वितरण गरिएको छ ।
कम्बल, म्याट, चामल, तेल, भाडाकुडाँ, चिउरा लगायतका सामाग्री बाढी पिडितहरुका लागि उपलब्ध गराईएको हो । पञ्तजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेको नेतृत्वमा जिल्लाका पदाधिकारीहरु, काठमाडौँ, भक्तपूर र ललितपूर जिल्लाका पदाधिकारी सहितको टोलीले सम्बन्धित वडाका अध्यक्षहरु संँगको समन्वयमा बास्तविक पिडितहरुलाई उपलब्ध गराईएको हो । पञ्तजली योग पिठ हरिद्धारले २०७२ सालको भुकम्पका समयमा तथा जाजरकोटमा भुकम्प गएको समयमा समेत राहत सामाग्री उपलब्ध गराएको थियो । महिला पञ्तजली योग समिति नेपालका केन्द्रिय अध्यक्ष पुज्या स्वाधवी देवा दीतीदेवा दिदि, पंतजलि योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजले, क्याप्टेन रामेश्वर थापा, पनौती न.पा. वडा नं. १ का वडा अध्यक्ष जय कुमार तामाङ्ग, वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष विष्णू सापकोटा, वडा नं. ११ का वडा अध्यक्ष विपिन लामा, बेथान्चोक गाउँपालिका वडा ५ का अध्यक्ष राजकुमार वाईवा, योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, कमला राजभण्डारी, युवा नेपाल अध्यक्ष रमेश श्रेष्ठ, महामन्त्रीद्धय श्यामकुमार श्रेष्ठ, लक्ष्मी उलक, संगठन मन्त्री कान्छा कुमार श्रेष्ठ, पूण्य श्रेष्ठ लगायतका योग पदाधिकारीहरुले निकै सामिप्यताका साथ वितरण कार्यमा योगदान पु¥याएको संञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले बताए ।





