होमप्रसाद चौंलागाईं
पाँचखाल भ्याली संस्थागत विधालय अर्गनाइजेशन (भिसो) को खेल अन्तर्गत सप्ताहब्यापी ‘भिसो रनिङ्शिल्ड २०८१’ भब्य रूपमा सम्पन्न भएको छ । मण्डनदेउपुरको लिटिलस्टार, नव प्रतिभा, मण्डनभ्याली र उव्ज्डिम कम्यूनिटी, पाँचखालको ईन्द्रेणी विद्यामन्दिर, गोल्डेन फ्युचर, सरस्वती शिक्षा गृह, पाँचखाल भ्याली, नव जनहित, नव प्रतिभा ढुंगानावेसी, दिपशिखा, ध्रुवतारा, नमस्ते र भुम्लुको बालज्योती लगायतका १६ भन्दा वढी प्राथमिक, आधारभूत र माध्यमिक विधालयहरूको सहभागिता रहेको थियो । ११ गते उद्घाटन भएको विभिन्न खेलहरूको उद्घाटन १३ गते सम्पन्न भएको हो । कार्यक्रममा मार्चपाश सहित भलिबल, शटपुट, हाइजम्प, लङ्जम्प सहित भिन्न दूरीका दौड प्रतियोगिताहरू सम्पन्न भएका थिए । खेलको उद्घाटन पाँचखालका नगर प्रमुख महेश खरेलले गरेकाथिए भने समापन प्याब्शन केन्द्रका उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता र पाँचखालको नगर उप प्रमुख सूर्यमायाँ दनुवार र प्याब्शन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्शनका केन्द्रदेखि जिल्ला सहित बिभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि सहितका अतिथिहरू, संस्थामा आवद्ध १६ विधालयका संस्थापक, प्राचार्य, खेल शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत विभिन्न विधालयका विभिन्न विधाका बिजयी विधार्थी भाइवहिनीहरूलाई सम्मानित गरिएको थियो भने अघिल्लो पटक सरस्वती शिक्ष्इाा गृहले जितेको भिसो रनिङिङ्शिल्ड यस पटक गोल्डेनफ्यूचर मा.वि. पाँचखालले हात पार्न सफल भएको हो । रनिङ शिल्डको दोस्रोमा मण्डनभ्याली र तेस्रोमा पाँचखाल भ्यालीले आपूmलाई उभ्याउन सफल भएको छ ।





