2026 April 28/ 11:32: 36am

    धुलिखेल/सहयोग र सरोकार संस्था अन्र्तगत ज्योति निवास बालगृहको सामाजिक परिक्षण सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका बाल कल्याण अधिकारी विदुर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रुपबहादुर मगरको अध्यक्षता रहेको थियो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका बाल कल्याण अधिकारी विदुर गौतमले बालबालिकाहरुको संरक्षणका लागि बाल गृहले लिएका नीति, कार्यक्रम र उनिहरुको भविश्य समेतलाई मध्यनजर गर्दै संचालित कार्यक्रमहरुको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सल्लाहकार नगरपालिकाका संस्थापक प्रमुख बेलप्रसाद श्रेष्ठले बालबालिकाहरु भविश्यका कर्णधार र वर्तमानका साझेदार भएको बताए । ज्योति निवास बाल गृहले बालबालिकाहरुलाई दिएको आश्रय महत्वपूर्ण रहेको बताउँदै सकेसम्म बालगृहसम्म आउन पर्ने परिस्थिति नै नहोस् भन्दै श्रेष्ठले राज्यका निकायले बालबालिकाहरुको संरक्षणमा ध्यान दिनु पर्ने बताए । 
    कार्यक्रममा संस्थाको प्रगति विवरण कविन बैद्यले प्रस्तुत गरेका थिए भने आर्थिक विवरण राजु रम्तेलले गरेका थिए । कार्यक्रममा वडा सदस्य सुनेश चोच्छे, इम्यानयुल स्कुलका उदयभुषण जंगम, स्थानीय बद्रि तिमल्सिना लगायतले बालगृहले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा संस्थाकी निर्देशक रामप्यारी बस्नेत बज्राचार्यले संस्थाले निरन्तर बालबालिकाहरुको उज्वल भविष्यका लागि सैद्धान्तिक, ब्यवहारीक ज्ञान उपलब्ध गराउँदै आएको बताईन् । बालगृहमा हाल २३ जना बालबालिकाहरु आश्रित छन् ।