2026 April 28/ 11:33: 27am

    बेथान्चोक/बेथान्चोक गाउँपालिकामा रहेको बाढी पहिरो पीडित परिवारका लागि काठमाडौ निवासी राजेशकुमार महर्जन र मिना घिमिरेको सहयोगमा नेकपा एमालेका अध्यक्ष कमलप्रसाद तिमल्सिना, पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, स्थानीय समाजसेवी राजिव रसाईली, जेसिज अध्यक्ष मोहनकृष्ण तिमल्सिनाको समन्वयमा जस्तापाता उपलब्ध गराईएको छ । 
    बेथान्चोक गाउँपालिका वडा नम्वर ३ बनेपाली टोलमा रहेका १३ घर परिवारका लागि जस्तापाता उपलब्ध गराईएको सहयोगी राजेशकुमार महर्जनले बताए । कृष्णबहादुर श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, रामहरी श्रेष्ठ, नमराज श्रेष्ठ, ज्ञानबहादुर विश्वकर्मा, श्यामलाल शंकर, भिमबहादुर शंकर, रामशरण श्रेष्ठ, सिताराम श्रेष्ठ, नारायण श्रेष्ठ, लालबहादुर घलान र फडिन्द्र तिमल्सिनालाई एक एक बण्डल जस्ता उपलब्ध गराईएको स्थानीय राजिव रसाईलीले बताए ।