बनेपा/नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको निर्वाचनबाट देवेन्द्र भैल निर्वाचित भएका छन् । निर्वाचनबाट उप सभापतिमा ज्ञानबहादुर तामाङ, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत विजयी भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा प्रेमकुमार तामाङ विजयी भएका छन् । मन्त्रीमा राजु सिग्देल, उपमन्त्रीमा प्रदिप केसी विजयी भएका छन् । उपकोषाध्यक्षमा विनोद कोईराला विजयी भएका छन् । महिला सदस्यहरुमा शान्ति खत्री, भवानी केसी र सजिना श्रेष्ठ निर्विरोध भए । सदस्यहरुमा प्रल्हाद शर्मा हुमागाई, उपदेश भुजेल, जगन्नाथ गिरी, कृपेन्द्र श्रेष्ठ, प्रेमबहादुर तामाङ, दामोदर श्रेष्ठ, विलबहादुर श्रेष्ठ, माधवप्रसाद नेपाल विजयी भएका छन् ।
सत्ता गठबन्धनमा रहेका दुई प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमाले बीच जिल्लाका विभिन्न निर्वाचनमा भने ‘वार’ गर्न थालेका छन् । सत्ता सहकार्य जे जे भए पनि जिल्लामा प्रतिस्पर्धी सम्झँदै दुई ठुला दलले पछिल्ला तीन निर्वाचनमा सत्ता सहकार्यलाई अस्विकार गर्दै प्रतिस्पर्धामा उत्रेका छन् । जिल्ला सहकारी संघमा नेकपा एमालेका उम्मेदवारलाई हराएको बदला नेपाल बार एशोसिएसनमा एक मतले एमालेका उम्मेदवारलाई विजयी गराउँदै लिएको छ ।
नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखामा भने एमालेले उम्मेदवारी नै दिएन । नेपाली काँग्रेसको एउटा समुहले बनेपाका देवेन्द्र भैललाई सभापति पदमा उम्मेदवारी दर्ता गराएको थियो । अर्काे समुहले विदुर घिमिरेलाई सभापतिमा उम्मेदवारी दर्ता गराएको थियो ।





