2026 April 28/ 11:09: 58am

    बनेपा/बनेपामा काभ्रे शारीरिक सुगठन तथा फिटनेस संघले पहिलो पटक मिस्टर काभ्रे शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष एवं महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता सम्पन्न भएको छ । 
    प्रतियोगितामा समुहगत विजेता पावर हाउस जिम बनेपाका संस्थापक तथा प्रशिक्षक सुजन श्रेष्ठले पाए । उनले १ लाख र ७० केजी तौल समुहमा स्वर्ण पदक हासिल गरेकाले १५ हजार सहित १ लाख १५ हजार रुपैयाँ प्राप्त गरे । बनेपाको स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिटनेस महासंघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थको प्रमुख आतिथ्यता रहेको थियो । ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक ब्यायाम’ भन्ने नाराका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको हो । 
    ५५ केजी तौल समुहमा रोशन उपरकोटी प्रथम, अजय पुरी दोश्रो र सुजित गुरुङ तेश्रो भए । ६० केजी तौल समुहमा सागर गौतम प्रथम, हरी दनुवार दोश्रो र अभिज्ञमान श्रेष्ठ तेश्रो भए । ६५ केजी तौल समुहमा प्रोगेस कारंजित प्रथम, निखिल घर्ति मगर दोश्रो र क्रिटन मानन्धर तेश्रो भए । ७० केजी तौल समुहमा सुजन श्रेष्ठ प्रथम, लालबहादुर थापा मगर दोश्रो र  साजन सोनार तेश्रो भए । ७० केजी तौल समुह भन्दा माथीमा अर्जुन श्रेष्ठ प्रथम, गंगाराम गोर्खाली दोश्रो र निश्चल श्रेष्ठ तेश्रो भए । विजेताहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो । पुरुष एथलेटिक्स फिजिक्सतर्फ प्रथम ओमबहादुर तामाङ, दोश्रो कृष्णबहादुर गुरुङ र तेश्रोमा प्रजेश कार्की तेश्रो भए । फिटनेशन प्राली काठमाडौंबाट गिफट ह्याम्पर, ट्रफि र मेडल, प्रमाणपत्र प्राप्त गरे । प्रमुख प्रायोजक फिटनेशन प्रालि काठमाडौ र सितल गिट्टी बालुवा प्रालिले गरेका थिए । 
    संघबाट मान्यता प्राप्त उक्त संघले जिल्लाको बनेपामा पहिलो पटक उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष वरदान श्रेष्ठले बताए । संघमा उपाध्यक्ष नारायणप्रकाश श्रेष्ठ, सचिव पुजा श्रेष्ठ, कोषाध्यक्ष सत्यनारायण बनमाली छन् । सदस्यहरुमा अनु मानन्धर, असिम पोटे, राजिव रसाईली, हरिशरण वाटा, प्रतितराज गिरी रहेका छन् । सल्लाहकारहरुमा अरुणकाजी बैद्य, गोपाल बैद्य, सुजन श्रेष्ठ, राजाराम दुवाल र सरोज दुवाल रहेका छन् । उक्त संगठनलाई जिल्ला खेलकुद विकास समितिले समेत मान्यता प्रदान गरेको छ । शारीरिक ब्यायाम गर्न सर्वसाधारणलाई प्रेरित गर्ने, विभिन्न प्रकारका दुब्र्यसनहरुबाट यूवा वर्गलाई टाढा राख्ने, शारीरिक सुगठन खेलको संस्थागत विकास र विस्तार, खेलको ब्यवसायीक खेलाडीहरुको उत्पादन, युवाहरुलाई बडि विल्डिङ्ग प्रति आकर्षित गरी स्वास्थ्य नै धन हो भन्ने भावना जागृत गराउने लगायतका उद्देश्य रहेको सचिव पुजा श्रेष्ठले बताईन् ।