धुलिखेल/रोटरी क्लब अफ धुलिखेलले गत शनिबार अविरल बर्षाका कारण पहिरो गई घर भत्केको तथा पुरिएका १५ घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । खानेपानी, चिउरा, विस्कुट चना, दाल थाल, भुजा, आटा लगायतका सामाग्रीहरु वितरण गरेको रन्जीब श्रेष्ठले बताए । क्लबले आगामी दिनमा पनि अन्य पीडितहरुलाई राहत उपलब्ध गराउने बताए । वडा कार्यालयको सिफारिसमा उक्त राहत सामाग्री वितरण गरिएको थियो ।





