पाँचखाल/पाँचखाल नगरपालिकामा अविरल वर्षात पछिको वाढी पहिरोबाट मानविय क्षति नभए पछि ब्यक्तिका घरहरु, पशुपंक्षी, विद्यालय, सडक, खानेपानी, खेतिपाती लगायतमा क्षति भएको छ ।
नेपाल रेडक्रस सोसाईटी अनेकोट उपशाखाका अनुसार ६६ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । आंशिक क्षति भएका घरहरु २ सय ६० वटा छन् । डुबानमा एउटा घर परेको छ । ६४ वटा गोठ पूर्ण रुपमा क्षति भएका छन् । ८५ वटा गोठ आंशिक क्षति भएका छन् । २ वटा टहरामा क्षति पुगेको छ । ७ वटा गाई, ८ वटा भैसी, ४६ वटा बाख्रा र २ वटा बँगुर पुरिएका छन् । ८ सय २४ वटा कुखुरा मरेका छन् ।
२ हजार ९ सय ९० रोपनी खेतमा लगाएको बाली क्षति भएको छ भने २० हजार रोपनी बारी क्षति पुगेको छ । मुख्य सडक १० वटामा आंशिक क्षति भएको छ । ७४ वटा भित्री सडकमा क्षति पुगेको छ भने अरनिको राजमार्गमा क्षति पुगेको छ । २ वटा पक्कि पुल पूर्ण रुपमा क्षति पुगेको छ । २ वटा विद्यालय आंशिक क्षति भएको छ । ९ वटा शौचालय र ११ वटा पानीका मुहानमा क्षति पुगेको छ । काभ्रेको पाँचखाल र महाभारतमा बाढी र पहिरोका कारण मानविय क्षति भएन ।





