भुमेडाँडा, पनौती/पनौती १२ भुमेडाँडा रोशी क्षेत्रका नागरिकहरुको स्वास्थ्यका लागि अनेरास्ववियु काभ्रे र केन्द्रिय कमिटीको टोली चिकित्सक सहित पुगेको छ । सडक अवरुद्ध हुँदा नागरिकहरुले प्राथमिक उपचार समेत प्राप्त गर्न सकेका थिएनन ।
सडक, संचार, विजुली नहुँदा नागरिकहरु अस्पतालसम्म जान सक्ने अवस्था छैन । सोहि क्षेत्रमा धेरै जनधनको क्षति भएको छ । सोहि क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै प्राथमिक स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष मिलन गौतमले जानकारी दिए । सोहि कार्यक्रमका लागि अनेरास्ववियुका केन्द्रिय र प्रदेश कमिटीका नेताहरु पनि सहभागि भएका छन् ।
अनेरास्ववियुले शिविरसँगै स्वंसेवकहरु परिचालन गरी विपदमा रहेका नागरिकहरुको अस्थायी बसोबासका लागि सहयोग पु¥याउने भएको छ ।





