बनेपा/बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को ३२ औँ वार्षिक साधारण सभाले शेयर सदस्यहरुका लागि आर्थिक वर्ष २०८०/२०८१ को मुनाफाबाट प्राप्त लाभाशं ११.५८ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ ।
संस्थाका अक्ष्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम बयोबृद्ध सदस्य तुलसीमाया कटिलाको प्रमुख आतिथ्यता रहेको थियो । सभामा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटेको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशिष्ठ अतिथि अमन पोटेले सहकारी संस्थाहरुमा देखिएका समस्याहरु संस्था पुर्ण रुपमा निति विधि अनुरुप नचल्दाका कारण उत्पन्न भएको बताए । २००० साल भाद्रमा नेपालमा पहिलो पटक लाएण्ड मोर्टेगेज बैंंक एण्ड कोअपरेटिभ सोसाईटि नामको सहकारीको स्थापना गरि सहकारीको अवधारण नेपालमा भित्राउने बनेपाका स्थानीय प्रतिष्ठित व्यक्ति राजदाश बादे श्रेष्ठको योगदानको स्मरण गर्दै सोहि स्थान बनेपामा काभ्रेपलाञ्चोक जिल्लालाई कार्यक्षेत्र बनाई संचालीत चण्डेश्वरी साकोसले पछिल्लो समयमा एक्सेस ब्रोन्ज ब्राण्ड (२०२२/०२३), सिल्भर ब्राण्ड(२०२३/०२४), नेफ्स्कुन नेपालको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० आदि उपाधी प्राप्त गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएकोमा चण्डेश्वरी साकोसलाई बधाईका साथै थप उपाधिहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताए । साधारण सभामा संस्थाका उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव बुद्धरत्न मानन्धरले संस्थाको गत आव २०८०/२०८१ को नीति तथा कार्यक्रमको समिक्षा र आ.व. २०८१/२०८२ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष गणेशकुमार रञ्जितले आ.व.२०८०/०८१ को ११.५८% लाभाशं घोषणा गर्दै संस्थाको आ.व. २०८०/०८१ को आर्थिक प्रगति समिक्षा र आ.व. २०८१/०८२ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक रामप्रसाद श्रेष्ठले संस्थाको गत आ.व. २०८०/२०८१ को समग्र समिक्षा प्रतिवेदन पेश गरेका थिए । बालबालीकाहरुद्धारा बिभिन्न नृत्य तथा साँस्कृतिक धिमेबाजाको प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका सचिब बुधरत्न मानन्धरले संचालन गरेका थिए । सभाको समापन संस्थाका अध्यक्ष नबिनभक्त बादे श्रेष्ठले गरेका थिए । साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८० मा सहभागी भई उत्तिर्ण भएका ४० जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने सो मध्ये ६ जनालाई ज्योती प्रकाश सैँजु स्मृष्ति छात्रबृत्ति प्रदान गरिएको थियो । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो ।





