2026 April 28/ 10:00: 10am

          भकुण्डे/अविरल वर्षातका कारण विपी राजमार्गमा अलपत्र गरेका यात्रुहरुको उपचारमा विद्यालय नर्स तथा स्वास्थ्यकर्मीहरुले सडकमा नै सेवा उपलब्ध गराएका छन् । 
         विद्यालय नर्स विमला हायु रोशी मावी कटुञ्जेमा कार्यरत छिन् । उनि लगायत अन्य विद्यालय नर्स तथा स्वास्थ्यकर्मीहरुको समुहले सडकमा हिडिरहेका यात्रुहरुलाई उपचार गराएका छन् । धेरै दिन सडकमा अलपत्र परेका यात्रुहरुलाई आवश्यक परेका विभिन्न औषधी तथा खुट्टामा लगाउने मल्हम, ब्याण्डेज लगायतका सामाग्रीहरु उपलब्ध गराएको स्वास्थ्यकर्मी विमला हायुले बताईन् । 
    उपचारका लागि स्थानीयहरुले समेत सहयोग गरेका छन् । मेथिन्कोट अस्पतालले आवश्यक पर्ने औषधी सहयोग गरेको छ भने भकुन्डेमा रहेको नगर अस्पतालले केहि औषधीहरु उपलब्ध गराएको छ । केहि खरिद गरेर तथा केहि स्थानीयहरुले सहयोग गरेका छन् ।