पस्थली, पनौती/श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति पस्थली, काभ्रेको आयोजनामा ३४ औ जेष्ठ नागरिक दिवस २०८१ विभिन्न कार्यक्रमका साथ मनाईएको छ । श्रीकृष्ण प्रणामी परिषद् नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर पस्थली इकाई र समाजका अगुवा तथा धार्मिक ब्यक्तित्वहरुको सहकार्यमाम उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष सन्तोष भण्डारीले बताए ।
अध्यक्ष सन्तोष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरु डा.चिन्तामणिनाथ योगी प्रमुख अतिथी हुनुहुन्थ्यो । विजयादशमी, शुभदिपावली, नेपाल सम्वत, छठ पर्व लगायतका कार्यक्रम सहित जेष्ठ नागरिकहरु सम्मान गरिएको अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा.चिन्तामणी योगीले हरेक मान्छे जन्मे पछि ब्यक्ति बुढो हुनु पर्ने भएकाले हरेक नागरिकहरुले गर्ने ब्यवहारमा परिवर्तन आउनु पर्ने तथा जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष सन्तोष भभण्डारी, उपाध्यक्ष गोकुल थापा, सचिव हरि थापा, कोषाध्यक्ष देवि थापा, ,सदस्यहरु संदिपप थापा, संजय भण्डारी र राज थापाको सहभागिता रहेको थियो भने सल्लाहकारहरु संयोजक सुनिल भण्डारी, दिपक थापा विकास, दिपक थापा, बलदेव बुढाथोकी, नकुल थापा रहेका छन् । कार्यक्रमा मिश्री भण्डारी, पदमकुमारी खतिवडा, नानिमैया खत्री, पुतली भण्डारी, विजयलक्ष्मी खड्का, सान्नानी महत, रामेश्वर महत, रारमेश्वर सैंजु, मुरली भुजेल, रामबहादुर थापा, कान्छी खत्री, भगवती खड्का, मनकुमारी खड्का, सरस्वती खत्री लगायतका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।





