पाँचखाल/सर्वमगंला बहुमुखी क्याम्पसको १९ औं वार्षिकोत्सव, दाता सम्मान र शिलालेख अनावरण वागमती प्रदेशका सामाजिक विकास मन्त्री हरी प्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी खड्काले विद्यार्थीहरु कक्षा १२ सक्ना साथ विदेशिने कारण देशभरीका क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता ब्यक्त गरेकी थिईन् । आफुले विद्यार्थीहरुलाई स्वदेशमा राख्ने बारे विभिन्न चरणमा छलफल चलाएपनि उपलब्धीमुलक नभएको बताईन् । क्याम्पसलाई आफुले विभिन्न क्षेत्रबाट सक्दो सहयोग गर्ने र विद्यार्थीहरुलाई प्राविधिक विषय अध्यापन गर्नुपर्ने बताईन् । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण, आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पस प्रमुख केशव काफ्लेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद् रुकु चौलागाई, पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार, वडा अध्यक्ष सुन्दर अधिकारी, छात्रबृत्ति कोष स्थापनाकर्ता डा. तारा बहादुर कुँवर, पूर्व गृह सचिव जनार्दन नेपाल, पूर्व जर्नेल तेजप्रकाश बानियाँ पूर्व क्याम्पस प्रमुख रामशरण लुईटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सभापतित्व क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष डा. सुधार प्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य सञ्चालक सदस्य रविन्द्रराज सिपखानले राखेका थिए ।





