2026 April 28/ 09:48: 19am

अध्यक्षमा पुनः निरन शाक्य 
    बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा वागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी बादेले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएका कारण सदस्यहरुका माझ ढुक्कले कार्यक्रम गर्न सफल भएको बताए । सहकारी भन्दा आम मानिसले जिब्रो टोक्ने समयमा पिपुल्स साकोसले सदस्यहरुको मन जित्न सफल भएकोमा धन्यबाद दिएका थिए । सहकारीका विषयमा राजनीति गर्ने नेता देखी सहकारीका नेताहरुको सम्म सञ्चार माध्यममा कुरा आईरहेको हुदाँ सहकारी छानबिन समितिले काम गरिरहेको समयमा हामीले केही बोल्न नमिल्ने बादेले बताए । प्रदेश सरकारले पनि सहकारीहरुको समस्यका बारेमा काम गरिरहेको बादेले बताए । 
कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई शत प्रतिशत अगिंकार गरी संस्थालाई थप उचाईमा पुग्नलाई उक्त साधारण सभाले निर्देश गर्ने विश्वास लिएको बताए । संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत उत्कृष्ट बचतकर्ता, उत्कृष्ष्ट ऋणी सम्मान, एसईई विद्यार्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निशुल्क सदस्यता वितरण, विभिन्न कम्पनीहरुको रेमिटयान्स सेवा, मोवाईल रिचार्ज सेवा÷टेलिफोन तथा विजुली भुक्तानी सेवा, न्यनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको एक लाख सम्म दुर्घटना विमा, स्वास्थ्य उपचार सेवा, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा, सदस्यलाई संरक्षित पुजीं फिर्ता कोष रकम वितरण, २०६५ सालबाट शुरु गरिएको १५ वर्षे दीर्घकालीन बचत योजनामा आबद्ध ३१ जना सदस्यलाई ७४ लाख रकम फिर्ता जस्ता सदस्य हित कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले बताए । 
    कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले र लेखा सुपरिबेक्षण प्रतिबेदन संयोजक रजिब श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं २ करोड ९३ लाख ८५ हजार, निक्षेप संकलन २७ करोड ४६ लाख ९९ हजार, ऋण लगानी २३ करोड ४ लाख ९३ हजार, जगेडा कोष १ करोड ६८ लाख २२ हजार रहेको जनाएको छ । कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा, जिल्ला सहकारी संघ लिका अध्यक्ष अमन पोटे, जिल्ला बचत सघंका सह सचिब विकास बादे, राष्ट्रिय सहकारी बैक बनेपा शाखाका अध्यक्ष उपेन्द्र दाहाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पवनराज कर्णजितले राखेका थिए भने सञ्चालन लेखा सुपरिबेक्षण समिति संयोजक रजिब श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष निरन शाक्यले गरेका थिए । सभाले पुन निरन शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा देबेन्द्र श्रेष्ठ, सचिब सन्तोष घिमिरे, कोषाध्यक्ष पवन राज कर्णजित, सह सचिब सुमन श्रेष्ठ सदस्यहरुमा मन्जु कायस्थ, कपिल प्रसाद दुलाल, द्धारीका गौतम, रिजना भण्डारी, नवराज तिमल्सिना, सुलोचना श्रेष्ठ रहेका छन् । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजक ऋषीराम गौतम, सदस्यमा विष्णुभक्त श्रेष्ठ र आक्रोस श्रेष्ठ निर्वाचित भएका छन् ।