2026 April 28/ 08:33: 37am

    बनेपा/उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी शाक्यले बनेपा नगर सहकारीका कारण बदनाम हुँदै गएका समयमा पनि उग्रतारा सहकारीले बनेपाको ईज्जत जोगाई सदस्यहरुको मन जित्न सफल भएकोमा धन्यबाद दिएका थिए । नगरपालिकाले नगरबासीहरुका लागी स्वास्थ्य, शिक्षा, पुर्वाधार, खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको बताए । स्वास्थ्य तर्फ  १ सय १२ जना जेष्ठ नागरिकहरुको निःशुल्क पुर्ण रुपमा दाँत राखिएको, २३ हजार ८ सय १७ जनाको रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको, ६९ वटा टोलमा स्वास्थ्य शिविर सञ्चालन गरि २ हजार ५ सय नागरिकको स्वास्थ्य परिक्षण गरिएको, छिट्टै सुगर विशेष अस्पताल सञ्चालन गरिने लगाएतका कार्यहरु गर्दै आएको बताए । सहकारीहरु ऐन नीति र विनियम अन्र्तगत सञ्चालनमा रहेका कुनै पनि सहकारीमा समस्या नआएको शाक्यले बताए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सचिब दियेशरत्न शाक्यले आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक शान्तिराज कायस्थले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं ६ करोड ७२ लाख ५३ हजार, निक्षेप ८३ करोड ८५ लाख ५४ हजार, ऋण लगानी ६८ करोड ३२ लाख ९ हजार र खुद नाफा २ करोड १ लाख रहेको जनाएको छ । 
    कार्यक्रममा ८० वर्ष नाघेका ३० जना जेष्ठ सदस्यलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्ता, ऋणी र शेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले राखेका थिए भने सभापतित्व संस्थाका अध्यक्ष पुर्णप्रसाद पलाञ्चोकेले गरेका थिए । कार्यक्रम सञ्चालन सञ्चालक सदस्य दिव्यश्वरी लाखे पोटेले गरेकी थिईन् ।