2026 April 28/ 08:33: 37am

    बनेपा/ध्यानकुटी विहार संरक्षण समितिको आठौ तथा मैत्री केन्द्रको २४ औ वार्षिक साधारण सभा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा र मैत्री केन्द्र तथा विहारका अध्यक्ष भिक्षु राहुल महास्थवीरको सभापतित्वमा सम्पन्न भएको छ । 
    विहारको वार्षिक प्रतिबेदन सचिब बुद्धभक्त रजिंतले आर्थिक प्रतिबेदन कोषाध्यक्ष गौरीशंकर मानन्धरले प्रस्तुत गरेका थिए । विहारले प्रत्येक वर्ष आर्थिक पक्ष कमजोर भएका, बाबुआमा गुमाएका ३५ जना छात्र तथा छात्रालाई नगद ५ हजार छात्रबृत्ति प्रदान गर्दै आएको र आगामी वर्षहरुमा समेत निरन्तर प्रदान गर्ने बताए । संस्थाले धार्मिक सँगै सामाजिक उत्तर दायित्व निर्वाह गर्दै आएको बताएको थियो । कार्यक्रममा स्वागत मन्तब्य मैत्री केन्द्रका पुर्व विद्यार्थी रस्मिता मानन्धरले राखेकी थिईन । धन्यबाद ज्ञापन विहारका उपाध्यक्ष विरेन्द्र श्रेष्ठले राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी शाक्यले सबै धर्म समान भएकाले सबैलाई सम्मान हुने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य गणेश सापकोटा, मैत्री केन्द्रका पूर्व विद्यार्थी सरिना मानन्धर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।