2026 April 28/ 08:33: 28am

    श्रीखण्डपुर/सेन्टलम एल्बम एकेडेमीले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले सेन्टलम आईकन–२०८१ र ग्राण्ड फिनालेको आयोजना गरेको छ ।
    सेन्टलम लिटिल आइकनको नृत्यमा काजल सेन्चुरी विजेता भएकी छिन । प्रतियोगितामा रुक्सना कोइराला फष्ट रनर अप र मानवी क्षेत्री सेकेन्ड रनर अप भएकी छिन् । त्यसै गरी सेन्टलम सिनियर आइकनको नृत्य प्रतियोगितामा प्रवेशिका रेग्मी विजेता, जुनियर विजेता एलिना तामाङ, मोष्ट एक्टिभ डान्स जेनिसा रेग्मी, बेष्ट डान्स कम्पोजिसन प्रिती ठकुरी, वेष्ट पर्फरमेन्स अनिशा तामाङ विजयी बनेका छन् । त्यसै गरी चीत्रकला प्रतियोगितामा शिवकुमार राम विजेता, बेष्ट कम्पोजिसन अनमोल श्रेष्ठ र वेष्ट क्रियशन युसुफ थिङले जितेका छन् भने ड्रइङ विजेता एशिला वादे, क्रियशन मोहिशा श्रेष्ठ, कम्पोजिसन राज रानामगर, बेष्ट स्केच कुशल श्रेष्ठ, वेष्ट कलर श्रीजीत थापा, र आउट लाईन अमन दाहालले जित प्राप्त गरेका छन् । सेन्टलम सिङ्गिङ आइकनको उपाधि एलिना शाही ठकुरी, फष्ट रनर अप रितिका श्रेष्ठ, सेकेन्ड रनर अप प्रतिक्षा तामाङ, वेष्ट भोकल दृष्टि तिमल्सिनाले जितेका छन् । 
    कार्यक्रम तिजको अवसरमा आयोजना गरिएको थियो । कार्यक्रम साँस्कृतिक क्लबका क्याप्टेन करुणा जिसीको प्रमुख आतिथ्यतामा भएको थियो भने विद्यालयका नृत्य शिक्षक ईश्वर थापाको सभापतित्व रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल अग्नी ज्ञावालीले विद्यार्थीहरुलाई अध्यापन सँगै उनिहरुमा भएको क्षमतालाई प्रदर्शन गरी विद्यार्थी –विद्यार्थी विच प्रतिश्पर्धा गराईएको बताए । विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु गर्दे आएको प्रत्येक विद्यार्थीहरुलाई उनिहरुको क्षमता अनुसार आफ्नो प्रतिभा प्रर्दशन गर्न लगाएको बताए । कार्यक्रममा विद्यालय सञ्चालन समितिका कोषाध्यक्ष भवसागर रञ्जीत, चित्रकला शिक्षक सहायक कर्माचार्य, गित संगित शिक्षक सुरेन्द्र श्रेष्ठको विशेष उपस्थिती रहेको थियो ।