2026 April 28/ 08:33: 27am

           बनेपा/बनेपा चप्लेटी शुभ बिहानी समुहको छैठौ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा तथा समाजसेवी अष्टनारायण कर्माचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । 
          सभाका विशिष्ट अतिथि अष्टनारायण कर्मचार्यले ‘स्वास्थ्यका लागि विहानी हिँडाई’ भन्ने मूल नारालाई आत्मसात गरी स्थापना भएको उक्त संस्थाले अझै उत्तरोत्तर प्रगति गर्दै सम्पूर्णलाई हिँडाईका फाईदाका बारेमा सम्बन्धी जानकरी गराउनु पर्ने बताए । 
       कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन कोषाध्यक्ष शेखर तिमिलाले आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सम्पदा समितिका संयोजक नवराज केसीले संस्थाले बनेपा नगरपालिकाभरीको १४ वटा वडामा गरेको साँस्कृतिक, धार्मिक, प्राकृतिक एवं पुरातात्विक सम्पदाहरूको तथ्याङ्कलाई अध्ययन गरेर बनेपाका प्रबुद्ध इतिहासकार, सबै वडाका प्रतिनिधि एवं सम्पदाविद्हरु सँग समन्वय गरी स्मारीका प्रकाशित गर्ने बताए । 
         कार्यक्रममा संस्थाका सल्लाहकार विराद सिकु, सदस्यहरू दिपेन्द्र बज्राचार्य निरु तिमिला प्रकाश मानन्धर, कृष्ण गोपाल वैद्य लगायतले बिहानी हिँडाई र स्वास्थ्यको महत्वको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा सदस्य सरस्वती नकर्मीले सञ्चालन गरेकी थिईन् भने स्वागत मन्तव्य सुशिला मानन्धरले राखेकी थिईन् ।
        कार्यक्रममा संस्थाका अध्यक्ष संजय मानन्धरले संस्थाले सकारात्मक कामहरु गर्दै जाने र एउटा व्यक्ति मानसिक र शारीरिक रूपमा स्वस्थ भएमा मात्रै समाजमा योगदान गर्न सक्छ र त्यसका लागि बिहान बिहान हिँड्नुपर्ने विषयमा जोड दिने बताए ।