बनेपा/नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बनेपाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व सैनिक प्रहरी संगठन काभ्रेका अध्यक्ष बासुदेव थापाको अध्यक्षतामा भएको अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शिवराम सापकोटा, सचिव साहिला तामाङ, कोषाध्यक्ष इन्द्रमणी सापकोटा र उप–सचिवमा महेश थापा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा दिपक श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, विष्णु बजगाँई, राजेश थापा, नवराज थापा, उद्धव थापा, प्रभाकर लामिछाने, रविन्द्र पाण्डे, रेशम बहादुर भारती, सिताराम भारती निर्वाचित भएका छन् ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, संगठनका केन्द्रिय नेताहरु, पार्टीका विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो । सहभागीहरुले एमाले पार्टीले लिएको नीति, विचार, सिद्धान्त र कार्यक्रमलाई संगठन मार्फत नागरिकहरुकोमा पु-याउने विश्वास लिएको बताए ।





