काम गरौँ मुटु बचाऔँ भन्ने नाराका साथ २०८१ सालको विश्व मुटु दिवसको अवसरमा महिलाको लागि रातो संकेत एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको सभापति टीकाभक्त भोछिभोयाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्य समितिको अध्यक्ष डा. सत्यनारायण सुवाल प्रमुख आतिथ्यता रहेको थियो । न्य च्भम ायच ध्यmभल उप समितिका उप संयोजक तुल्सीदेवी मानन्धरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा पतंजली योग समिति काभ्रे जिल्ला शाखाको अध्यक्ष प्रकाश कायस्थले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममका प्रमुख अतिथी डा.सत्यनारायण सुवालले प्रत्येक मानवमा मुटु हुन्छ त्यो मुटु बचाउने, स्वस्थ राख्ने, सो सम्बन्धि सचेत गराउने अभियानमा लागेर आफ्नो कर्तव्य पालना गर्न पाउनु नै महान मानव धर्म रहेको बताए । महिलाको लागि रातो संकेत भन्नु नै महिलाहरुलाई पनि धेरै मुटु रोग लाग्छन् । महिलाहरुको मुटु रोग लाग्नेबाट बचाउन नेपाल सरकार र हृदयरोग निवारण प्रतिष्ठानले सशक्त अभियान नै ंसंचालन गर्नु पर्ने अपरिहार्य रहेको सुवालले बताए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको सचिव हरिशरण श्रेष्ठ संचालन गरेका थिए । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको पदाधिकारीहरु सदस्यहरु, पतंन्ली योग समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
रामप्यारी बज्राचार्यले मुटु मैत्री खाना पकाउने बारे सैद्धान्तिक ज्ञान दिएकी थिईन् । साथ साथै मुटुरोगमा खानपानको कारणले पर्न सक्ने असर र खानपानको सन्दर्भमा जीवनशैली परिवर्तन गर्नुपर्ने बताएकी थिईन् । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको अध्यक्ष डा।सत्यनारायण सुवालले जिल्लाको बिभिन्न विद्यालयहरुका विद्यार्थीहरु तथा अन्य बालक बालिकाहरुको बाथ मुटुरोगको परीक्षण, नियन्त्रण उपचारको लागि रिफर समेत गर्ने स्वास्थ्य शिविरहरु संचालनका लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको सभापति टीकाभक्त भोछिभोयालाइ एक लाखको चेक हस्तान्तरण गरेका थिए ।





