बनेपा/लायन्स क्लब अफ काभ्रेको ४७ औं वार्षिक साधारण सभाबाट वर्ष २०२४÷२०२५ का लागि लायन ईश्वर महाजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो । उक्त नयाँ समितिको पदस्थापन गरिएको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व लायन वर्ष २०२३÷२०२४ की अध्यक्ष सरिता पलाञ्चोकेले गरेकी थिईन् । समितिमा लायन सुरज श्रेष्ठ प्रथम उपाध्यक्ष, लायन निर्मला ताम्राकार बैदार द्धितिय उपाध्यक्ष, लायन सरोज तिमल्सिना तृतिय उपाध्यक्ष, लायन दिब्यश्वरी लाखे पोते श्रेष्ठ चौथो उपाध्यक्ष, लायन जयन्द्र बादे श्रेष्ठ सचिब, लायन विकास पन्त कोषाध्यक्ष, लायन राजेश्वरी श्रेष्ठ सह सचिब, लायन दुर्गा रञ्जीतकार सह कोषाध्यक्ष, लायन राजेन्द्र कोङ्गा श्रेष्ठ टेमर, लायन कृष्णलाल श्रेष्ठ टेल टिवष्टर, लायन कौशलराज खड्का पिआरओ, सुरेशझक्त भोछिभोया लियो क्लब एडभाइजर रहेका छन् ।
त्यसै गरी काभ्रे लियो क्लबको ४० औ अधिबेशन बाट वर्ष २०२४÷०२५ का अध्यक्ष अमन श्रेष्ठ र बनेपा लियो क्लबको २४ औ अधिबेशन बाट अध्यक्ष सगुन थापाको नेतृत्वमा नयाँ समिति चयन भएको छ । उनिहरुको पनि पदस्थापन भएको छ । तिनवटै क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दे आईरहेको कार्यक्रममा बताईएको थियो । क्लबले प्रत्येक हप्ता मुटु परिक्षण क्लिनिक सञ्चालन, रक्तदान, स्टेश्नरी वितरण, सरसफाई, स्टेस्नरी वितरण लगाएतका कार्यक्रमहरु गर्दै आएको वर्ष २०२३÷२०२४ का अध्यक्ष लायन सरिता पलाञ्चोकेले बताईन् । वर्ष २०२४÷२०२५ का निर्वाचित लायन ईश्वर महाजुले सबै क्षेत्रलाई समेटेर सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा लायन डिस्ट्रिक गभर्नर कमल बहादुर कायस्थ, बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नम्बर ९ की कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन चौथो उपाध्यक्ष लायन दिब्यश्वरी लाखे पोते श्रेष्ठले गरेकी थिईन् । कार्यक्रममा सहयोगि विभभिन्न संस्थाहरुलाई सम्मान गरिएको थियो ।





