2026 April 28/ 08:21: 53am

   श्रीखण्डपुर/धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुर लगायत विभिन्न स्थानमा भिमसेन जात्रा मनार्ईएको छ । विशेषगरी नेवारी समुदायका ब्यवसायमा संलग्न ब्यक्तिहरुले उक्त जात्रालाई निरन्तरता दिदै आएका छन् । श्रीखण्डपुरमा स्थानीय सरकारले जात्रालाई ब्यवस्थित बनाउन प्रयत्न गरिरहेको वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए । 
    केहि दिन अघि भिमसेन मन्दिरको प्रतिमालाई भब्य रुपमा श्रीखण्डपुरमा भित्र्याउँदै पुजा गरिएको थियो । धुलिखेल नगरपालिकाले उक्त प्रतिमाका लागि आर्थिक सहयोग गरेको थियो । भिमसेन जात्रा गुठी, धुलिखेल नगरपालिका वडा नम्वर ५ र श्रीखण्डपुर चाडपर्व ब्यवस्थापन समितिले उक्त जात्राको ब्यवस्थापन तथा संयोजन गरेको वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले बताए । श्रीखण्डपुरमा बैशाख महिनामा विस्केट जात्रा तथा विभिन्न चाडपर्वमा जात्रा तथा पर्वहरु मनाउने क्रम चलिरहेको छ । नगर प्रमुख अशोक ब्याञ्जु, वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्य, वडा नम्वर ५ का अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, जात्रा ब्यवस्थापन समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्ग लगायतले जात्राको अवलोकन गरेका थिए र 
    बनेपामा काभ्रे उद्योग बाणिज्य संघले भिमसेन जात्राको अवसरमा सुकुल भोजको आयोजना गरिएको अध्यक्ष प्रताप बैद्यले बताए । बनेपा, खोपासी तथा विभिन्न स्थानमा भिमसेनको जात्रा मनाईएको छ ।