2026 April 28/ 08:21: 54am

बनेपा/मानवताबादी नेपालको आयोजनामा शान्ति र अहिंसाका लागी विश्व शान्ति यात्रा २०२४÷०२५ काभ्रेमा हुने भएको छ । जिल्लाको बनेपा, धुलिखेल, पनौती नगरपालिका र काठमाडौ विश्वविद्यालयमा उक्त यात्रा हुने भएको छ । 
    शान्ति र अहिंसाका लागी विश्व शान्ति यात्रा यस अघि २००९ मा पहिलो पटक आयोजना गरिएको थियो भने दोश्रो पटक २०१९ मा र तेश्रो पटक २०२४ अक्टोबर २ देखी २०२५ जनवरी ५ सम्म आयोजना गर्न लागिएको हो  । हातहतियार रहित शान्ति समाजको कल्पना गरी विश्व शान्ति यात्रामा नेपाल सहित विश्वका ९७ देशका ब्यक्तिहरुको सहभागिता रहेको नेपालका लागि कार्यक्रम संयोजक तुलसी सिग्देलले जानकारी दिईन् । काभ्रेको बनेपामा हुने उक्त यात्रालाई बनेपा नगरपालिकाले भब्य स्वागत गर्ने भएको छ । नगर प्रमुख शान्तिरत्न शाक्य र अस्ट्रेलियाका डेक्लर हेग लेको भेटमा उक्त कुरा बताएका हुन् । नगर प्रमुख शाक्यले हरेक ब्यक्ति समुदाय मिलेर विभिन्न स्थानबाट भेदभाब रहित शान्तिपुर्ण समाजको विकास गरी नगरमा सुमुधुर सम्बन्धको विकास गर्न उक्त कार्यले थप सहयोग गर्ने बताए । कार्यक्रममा नगर प्रमुख शाक्यले नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
    उक्त कार्यक्रमको उद्देश्य युद्ध र हातहतियार रहित विश्वको परिकल्पनालाई साकार रुप दिन, विश्वका हरेक ब्यक्तिको संरक्षण संयुक्त राज्यले गर्नु पर्ने, भोकमरीलाई विश्व ईतिहासबाट अन्त्य गर्नु पर्ने, मानबता भन्दा माथि अरु केहि छैन र अहिंसाको शक्तिले विश्व बदल्न सकिने बताईएको छ । उक्त शान्ति यात्रामा सहभागि हुन सघं सगंठनकहरु, ब्यक्ति, समुह, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई आब्हान गरिएको कार्यक्रम संयोजक तुलसी सिग्देलले बताईन् । हरेक राज्यको राजनीतिक, शैक्षिक क्षेत्र र भावि पुस्तालाई शान्ति र अंहिसााको संस्कारको विकास कसरी ल्याउन सकिन्छ भन्ने तर्फ चिन्तित रहेको अवस्थामा उक्त कार्यक्रमले सहयोग पुग्ने सिग्देलले बताईन् । 
    सुरक्षाका नाममा हुने अणविक तथा अन्य जघन्य हातहतियार जन्य सामाग्रीको उत्पादन विक्री वितरण, संग्रह, ओसार पसार तथा प्रयोग जस्ता कार्य गर्न बन्देज गर्न सबै प्रकारका सम्झौतामा हस्ताक्षर गर्ने पक्षमा हाल सम्म १ सय वटा नगरपालिकाहरुले आफ्नो शहरलाई हातहतियार रहित शासनको शहर घोषणा गरिसकेको सिग्देलले बताईन् । काठमाडौ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालाई हातहतियार रहित बनाउन र अन्य शहरलाई समेत उक्त कार्य गर्न अनुरोध गरेको उनले बताईन । कार्यक्रममा द कम्युनिटी पोर हृयुमन टाई डेभ्लप्मेन्टका कार्यक्रम संयोजक कबिरकुमार रजिंत, काभ्रेकी कार्यक्रम संयोजक एलिशा महत लगएतको उपस्थिती रहेको थियो ।