2026 April 28/ 07:13: 28am

बनेपा/सिद्धार्थ कलेज बनेपाले कक्षा १२ मा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । 
कलेजका सञ्चालक समितिका अध्यक्ष ज्ञान बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख पुकार कर्णजितको सभापतित्व रहेको थियो । प्रमुख अतिथी केसीले सिद्धार्थ कलेजमा गुणस्तरीय शिक्षा प्रदान गर्दे नेपालकै उत्कृष्ट दशमा पर्न सफल भएको बताए । 
कार्यक्रममा २०६६ सालमा स्थापना भएको उक्त क्याम्पसमा २०८० सम्म आईपुग्दा १ हजार जना भन्दा माथि पास आउट भएका क्याम्पस प्रमुख कर्णजितले बताए । न्युनतम शुल्कमा गुणस्तरीय प्रदान गर्दै आएको क्याम्पसमा २५ देखी शत प्रतिशत सम्मको छात्राबृत्ति प्रदान गर्दै आएको, विद्यार्थीहरुलाई फिल्डमै लगि प्रयोगात्मक शिक्षा प्रदान गरेको कर्णजितले बताए । क्याम्पसमा दक्ष जनशक्ति टिम रहेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताइएको थियो । कार्यक्रममा स्वागत मन्तब्य क्याम्पसका परिक्षा विभाग प्रमुख केशब श्रेष्ठले राखेका थिए भने धन्यबाद ज्ञापन सहायक क्याम्पस प्रमुख कुमार मानन्धरले राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई शिक्षक सन्तोष कुमार घिमिरेले कलेजका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सिद्धार्थ स्कुलका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल शुभकामना मन्तब्य राखेका थिए ।