धनेश्वर/सामाजिक कार्यमा सक्रिय युवा अनिरुद्र थापा र अष्ट्रेलियामा बसोबास गर्दै आएका राजेन्द्र थापाको अगुवाईमा सहकुल थापा लगायतका स्थानीयहरुको सहभागितामा धनेश्वर बगैंचा क्षेत्र भित्र १ सय ५ वटा विरुवा रोपण गरिएको छ । समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुको नाम राखेर रोपण गरिएको विरुवा संरक्षण, विरुवाको रेखदेख तथा नियमित मर्मत सम्भारका लागि जिम्मेवार बनाउने गरी नाम समेत राखिएको छ ।
पनौती नगरपालिकाका निर्वतमान प्रमुख भिम न्यौपाने, पुर्व तथा वर्तमान जनप्रतिनिधिहरु, स्थानीय विभिन्न क्षेत्रका ब्यक्तिहरु, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सामाजिक क्षेत्रमा सक्रिय भएका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । बृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणका लागि स्वंय ब्यक्तिहरुलाई जिम्मेवार बनाउने गरी नामावली राखिएको आयोजक अनिरुद्र थापाले बताए । सोहि कार्यक्रममा साविकको आईटी पार्क हालको सुरक्षण मुद्रण प्रेसमा राखिएको विपद ब्यवस्थापनका लागि राखिएको सशस्त्र प्रहरी बल अन्र्तगत शशस्त्र प्रहरी निरिक्षक दिलबहादुर बढुवालको टोली समेत सहभागि भएको थियो । उक्त क्षेत्रमा केहि वर्ष अघि नेपाली सेनाको सहयोगमा बृक्षारोपण गरिएको थियो । नियमित संरक्षण र रेखदेख हुन नसक्दा केहि विरुवाहरु बाहेक सबै विरुवा हुर्कन सकेनन् । बंगैचा र धनेश्वर क्षेत्रलाई हरियाली र वातावरण मैत्री बनाउने उद्देश्यले २० हजार १ सय ७५ रुपैयाँका विरुवाहरु रोपण गरिएको अनिरुद्र थापाले बताए ।





