2026 April 28/ 07:12: 06am

बनेपा/पिपुल्स साकोस काभ्रेपलाञ्चोकको आयोजनामा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता तथा प्रमुख सल्लाहकार नवराज केसीको प्रमुख आतिथ्यतामा साकोसको पूर्व नेतृत्व तालिम सम्पन्न भएको छ । 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)को प्राविधिक सहयोग एवं सहजीकरणमा संचालन गरेको एक दिवसीय तालिममा संस्थाका सञ्चालक समिति, उपसमिति, सल्लाहकारहरु उच्च व्यवस्थापनका कर्मचारीहरुको  सहभागिता रहेको थियो । 
तालिममा सहजकर्ताका रुपमा नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठ रहेका थिए भने स्वागत् मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कर्णजीतले गरेका थिए । तालिममा सहकारी सिद्धान्तमा आधारित रहि नीति विधि पद्दति अनुरुप आफ्ना कार्यक्रम तथा कारोबारहरु संचालन गर्नुपर्ने साथै अन्र्तराष्ट्रिय राम्रा र असल सहकारी अभ्यासको नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने, सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक कृयाकलापमा सहकारी भूमिका रहेको बताईएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव देवेन्द्र श्रेष्ठले गरेका थिए भने  तालिम संयोजन कपिल प्रसाद दुलाल र प्रदिवेदन तयारी द्वारिका गौतमले गरेका थिए ।