2026 April 28/ 07:13: 49am

    बनेपा/कामना अटोमोबाईल्स प्रालीले बनेपाको पार्टी भेन्युमा तीन दिने बीवाईडी एक्सचेन्ज क्याम्प आयोजना गरिएको छ । साउन २५ देखि २७ गतेसम्म आयेजना गरिएको उक्त क्याम्पमा तीनवटा मोडलका बीवाईडी गाडी खरिद विक्री गरिएको कामना अटोमोवाईल्सका अध्यक्ष लक्ष्मण बञ्जाराले बताए । एक्सचेन्ज क्याम्पमा दर्जन भन्दा धेरै गाडीहरु बुकिङ्ग गरिएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा बीवाईडी गाडीको शो रुम र सर्भिस सेन्टर रहने बताएको छ । एक्सचेन्ज अफरमा ६७ लाख ८० हजार रुपैयाँ पर्ने सुपरियर, ५६ लाख ८० हजार पर्ने एडभान्स र ४१ लाख १५ हजार रुपैयाँ पर्ने डलफिनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा एक्सचेन्ज अफर र गाडीका विशेषताका बारेमा जानकारी दिदै शरद संग्रौलाले सर्वाधिक विक्री हुने प्यासेन्जर कारको छवि बनाएको वीवाईडीले वीवाईडी एट्टो ३ र डलफिनसँग एक्सचेन्ज गरि सहभागीहरुले अतिरिक्त लाभ लिएको उनले बताए । एक वर्षको अटो प्लस विमा, ७ किलोवाट क्षमताको चार्जर, भेईकल–टु–लोड केवल, पुरानो गाडीमा उच्च मुल्यांकन र अतिरिक्त लाभ, ७ वर्षको लागि ८० प्रतिशत फाईनान्स सुविधा उपलब्ध गराएको छ । ८.५ प्रतिशतको स्थिर ब्याजदरमा कम्पनी आफैले बैकिङ्ग सुविधा उपलब्ध गराउने गरी एक्सचेन्ज अफरको आयोजना गरिएको कम्पनीका लक्ष्मण बञ्जाराले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, कम्पनीका अध्यक्ष लक्ष्मण बञ्जारा र शरद संगौलाले सेवालाई गुणस्तर बनाउन सेवाग्राहिहरुको चाहना अनुसारको सेवा प्रवाहमा ध्यान दिनु पर्नेमा जोड दिए ।