2026 April 28/ 07:12: 33am

बनेपा/शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यवसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई बिदाई गरेको छ । 
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक एवम् प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा व्यवस्थापन समितिका सदस्य आत्माराम थापा लगायतले विद्यार्थीहरुलाई टिका र खादा प्रदान गरेका थिए । 
कार्यक्रमको समापन, विद्यालयका सहायक कलेज प्रमुखले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथसाथै अन्य क्षेत्रहरुमा पनि प्रतिस्पर्धामा क्षमता हासिल गर्न सामाजिक, साँस्कृतिक, खेलकूद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्न सहभागिहरुले शुभकामना दिएका थिए ।