2026 April 28/ 06:58: 18am

    बनेपा/डोल सामुदायिक सहकारी बनेपाले एसईई २०८० मा सहभागी भई २०८१ मा उत्तिर्ण भएका विद्यार्थीहरुलाई चेतना केन्द्र बुडोलमा सम्मान गरिएको छ । संस्थाका अध्यक्ष कैलाश केसी, पुर्व अध्यक्ष रामहरी केसी, संचालक सदस्यहरुले सम्मान, बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
    संस्थाको शिक्षा तथा प्रकाशन समितिका संयोजक एवं सह–सचिव प्रकाश भुर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका गंगा लुईटेलले स्वागत गरेकी थिईन् । संस्थामा आबद्ध १ सय ४७ जना बाल बचतकर्ताहरुलाई एसईई उत्तिर्ण गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । सोहि अवसरमा बालबालिकाहरुलाई कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष डा.दिलबहादुर थोकर तामाङले क्यारियर काउन्सिलिङ्ग गराएका थिए । सानैदेखिको संघर्ष, विषय छनौट, मेहनत, अनुशासन, सामाजिक उत्तरदायित्व, समाज र राष्ट्रप्रतिको योगदान लगायतका विषयमा डा.तामाङले बालबालिकाहरुलाई काउन्सिलिङ्ग गराएका थिए ।
    संस्थाले हरेक वर्ष एसईई उत्तिर्ण बालबालिकाहरुलाई सम्मान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए । जन्म देखि मृत्यु पर्यन्त संस्थामा आबद्ध सदस्यहरुका लागि कुनै न कुनै रुपमा सहयोग पु¥याउने गरी कार्यक्रमहरु गरिरहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत ठकुरीले सदस्यहरुले नियमित बचत गर्न र संस्थामा असल सदस्यका रुपमा कारोवार निरन्तर गर्न अनुरोध गरे । भावना केसीले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रथम विद्यार्थी स्मृति श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । 
    कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश केसीले बालबालिकाहरुको हौसला बृद्धि गर्न संस्थाले बाल बचतकर्ताहरुलाई सम्मान गरिएको बताए । बालबालिकाहरुका लागि संस्थाले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेकाले उक्त कार्यक्रमहरुमा सक्रियता जनाउन अनुरोध गरे । सहकारीले समुदायमा पु-याएको योगदानका बारेमा चर्चा गर्दै अध्यक्ष केसीले नियमित बचत तथा ऋणको कारोवार गरिरहँदा  सदस्यको आर्थिक ब्यवस्थापनमा सहज हुने बताए । कार्यक्रममा पुर्व अध्यक्ष रामहरी केसी, भोला केसी, पुर्णबहादुर कार्की, निर्मला श्रेष्ठ, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सहकारीका गतिविधिहरुबाट सदस्यहरुको आर्थिक स्तरमा सुधार आएको बताएका थिए ।