2026 April 28/ 06:58: 18am

        श्रीखण्डपुर/भदौ कृष्ण पञ्चमीमा लाग्ने भिमसेन जात्रामा प्रयोग गरिने भिमसेनको मुर्ति हराएको बर्षाै पछि धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा धुलिखेल नगरपालिका र वडा कार्यालयको समन्वयमा जात्रा प्रयोजनका लागि रथमा राख्नका लागि भिमसेनको मुर्ति तयार गरी श्रीखण्डपुरमा भित्र्याईएको छ । 
    वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठका अनुसार उक्त मुर्तिलाई विधि अनुसार श्रीखण्डपुरमा भित्र्याईएको हो । वर्षाै अघि जात्रामा प्रयोग गरिने भिमसेनको मुर्ति चोरी भए पछि सानो मुर्तिबाट जात्रा संचालन हुँदै आएको थियो । उक्त मुर्ति राखेर जात्रा संचालन भईरहँदा धेरैले मुर्ति नै नदेख्ने अवस्थामा पुजा गर्न समेत रथको बेला असहज भएको गुनासो गर्दै आएका थिए । वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले स्थानीयहरुको चाहना र सुझाव तथा अनुरोध पछि नगर प्रमुख अशोक ब्याञ्जुको विशेष सहयोग र पहलमा मुर्ति निर्माण गरी श्रीखण्डपुरमा भित्र्याईएको अध्यक्ष श्रेष्ठले बताए । उक्त मुर्ति जात्राको समयमा रथमा राखेर पुजा गरिनेछ । श्रीखण्डपुरमा भिमसेनको मन्दिरको पनि पुर्ननिर्माण शुरु गरिएको छ । त्यस्तै अन्य मठ मन्दिर, गेट, पुराना संस्कृति र कला जोगाउन विभिन्न कार्यक्रमहरु संचालन भईरहेको अध्यक्ष श्रेष्ठले बताए । 
    भिमसेन मन्दिर भित्र्याउने कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु लगायत जनप्रतिनिधिहरु, स्थानीयहरु, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । नगर प्रमुुख ब्याञ्जुले धुलिखेल नगर क्षेत्र भित्र रहेका जात्रा पर्व तथा संस्कृति, कला र भाषा संरक्षणका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताए ।