2026 April 28/ 07:12: 17am

पनौती/तेजगंगा क्याम्पसको आयोजनामा वृक्षारोपण तेजगंगा क्याम्पसको आयोजनामा वृक्षारोपण तेजगंगा बहुमुखी क्याम्पसको नेचर क्लवको आयोजनामा वृक्षारोपण गरिएको छ । 
क्याम्पस परिसर र कपालकोट क्षेत्रमा फलफुलका विरुवा रोपिएको हो । स्याउ, अंगुर, अमला लगायत विभिन्न प्रजातिका एक सय भन्दा बढी विरुवा रोपिएको छ । क्याम्पस प्रमुख डा.अम्बु भवानी कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेचर क्लवका अध्यक्ष गुञ्जन बञ्जाराको सभापतित्व रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख कार्कीले पठन पाठन सँगैसँगै क्याम्पसले वातावरण संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको बताइन् । जलवायु परिवर्तनको असर, कम गर्ने उपाय लगायतको विषयमा पनि क्याम्सले स्थानीय स्तरमा कार्यक्रम गरिरहेको उनको भनाई छ । स्वच्छ वातावरण रहे मात्रै मानिस स्वच्छ हुने भन्दै उनले आफ्नो घरवरपरको वातावरण सफा र हराभरा बनाउन आग्रह गरेकी छन् । 
नेचर क्लबका अध्यक्ष बञ्जाराले यस्ता कार्यक्रमले व्यवहारिक शिक्षा प्रदान गर्ने बताए । उनले आगामी दिनमा पनि वातावरणसँग सम्बन्धीत कार्यक्रमलाई निरन्तरता दिने बताएका छन । पनौती नगरपालिका वडा नम्बर १२ मुल खोलामा अवस्थित निघान्तु बोटानिकल गार्डेनले फलफुलका विरुवा उपलब्ध गराएको थियो । निघान्तु बोटानिकल गार्डेनका सञ्चालक छत्रबहादुर लामा, फलफुलका विरुवा सम्बन्धी विज्ञ हरि रावतले विरुवा सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । विरुवाको संरक्षणमा सबैको सहयोग आवश्यक रहेकोमा पनि उनीहरुले जोड दिएका छन् । कार्यक्रममा क्याम्पसका प्राध्यापक, वडा नम्बर १२ का वडा सदस्य दिपक तामाङ, क्याम्पसका विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।