बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ को आयोजना तथा रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण गरिएको छ ।
बनेपाको घोगेचौरमा गरिएको उक्त शिविरमा २ सय ६ जनाले आँखा परिक्षण गरिएको वडा अध्यक्ष बलराम अधिकारीले बताए । शिविरमा आँखा परिक्षण गर्दा १२ जनामा मोतिविन्दुको अपरेशन गर्नुपर्ने देखिएको र उनिहरुको निःशुल्क अप्रेशन गरिने अधिकारीले बताए । वडाले वडावासीहरुका लागि यसअघि पनि स्वास्थ्य शिविर, रक्तदान, घुम्ती शिविर, दन्त परिक्षण लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको वडा अध्यक्ष अधिकारीले बताए । वडावासीहरुका लागि लक्षित गरी वडाबाट सीपमुलक तालिम, विभिन्न तरकारीका विउहरु, कौसी खेती तालिम, दलित लक्षित बाख्राका पाठी वितरण, गरिएको अधिकारीले बताए । वडाले पुर्वाधार विकासमा खानेपानी, पक्की सडक, स्वास्थ्य चौकी, लगायतका पुर्वाधारहरु निर्माण गरी निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा हुन लागेको अधिकारीले बताए ।





