2026 April 28/ 06:58: 17am

    बनेपा/मोडर्न टि इन्डस्ट्रिज प्रा.लि.(मुना चिया) द्वारा संचालित मुना सेल्स धमाकाको लक्की ड्र तथा पुरस्कार वितरण गरिएको छ । बनेपामा आयोजित लक्की ड्र कार्यक्रममा प्रथम पुरस्कार एक तोला सुन, दोश्रो पुरस्कार ५० इन्चका दुईवटा टेलिभिजन, तेश्रो पुरस्कार पाँच वटा मोवाईल सेट र चौथो पुरस्कार १५ वटा इलेक्ट्रिकल जग उपलब्ध गराईएको थियो । 
    मुना चिया विक्रीका बखत उपलब्ध गराईएका कुपनहरु संकलन गरी विक्रेताहरुको भेला आयोजना गरी संकलित कुपनहरु मध्येबाट लक्की ड्र गरिएको थियो । लक्की ड्रमा पुरी सप्लायर्स मेलम्ची सिन्धुपाल्चोकका प्रोपाईटर गणेश पुरीलाई एक तोल्ला सुन प्राप्त भएको छ । त्यस्तै बनेपा निवासी माँ गोल्मादेवीका रोहित श्रेष्ठ र माता भगवती ट्रेडसका तेजबहादुर श्रेष्ठलाई ५० ईन्चका दुईवटा कलर टेलिभिजन परेको थियो । विजेताहरुलाई काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्य, बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, कम्पनीका रमेश पराजुली, उद्योग बाणिज्य संघका महासचिव रजित पलाञ्चोक, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, निर्वतमान उपाध्यक्ष रमेश न्यौपाने, मोर्डन टि ईन्डस्ट्रिज प्रालीका कृष्णप्रसाद घिमिरे, केवि आर टि टेड्रर्सका श्रीकृष्ण श्रेष्ठ र कृष्णलाल श्रेष्ठ, मदिरा ब्यवसायी संघका अध्यक्ष कुवेर सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए । 
    के.वि.आर.टि टेडर्सका ंसंचालक श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसटिआई ग्रुपको मुना सिटी गोल्ड प्रालिको मुना चिया ब्राण्डमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विक्रेता सहभागि थिए । ५ सय हेक्टरको जमिनमा ३० लाख केजी चिया उत्पादन गरी नेपालका सबै जिल्ला र विदेशमा समेत विक्री हुँदै आएको मुना चियाको काभ्रे र सिन्धुपाल्चोकका अधिकृत विक्रेता के.वि.आर.टि.टेडर्सका संचालकद्धय कृष्णलाल श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ हुन् । सहभागिहरु मध्ये कुपन भएकाहरु मध्ये पाँच जनालाई मोवाईल सेट उपलब्ध गराईएको थियो । कुपन नम्वर ४८७०, ५९८७, ५८१०, ३७२७ र ३८०४ लाई मोवाईल सेट उपलब्ध गराईएको थियो । 
    त्यस्तै इलेक्ट्रिक जग ६४७५, ४५५४, ३५२५, ४४४५, ५१९०, ६२५९, ५१७५, ६३०९, ६३०५, ३२८१, ५६७६, ५४७४, ५८६८, ५३५२ र ४८३१ कुपन नम्वरलाई उपलब्ध गराईएको छ । सबै कुपन भएकाहरुलाई टि कप उपलब्ध गराईएको थियो । सहभागिहरुले ब्यवसायीहरुलाई सहज रुपमा ब्यवसाय गर्ने वातावरण बनाउन अनुरोध गरेका थिए ।