2026 April 28/ 06:58: 17am

बनेपा/सिद्धार्थ कलेज तथा स्कुल बनेपाले कक्षा ११ को विज्ञान तथा ब्यवस्थापन विषय अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल एवं अध्यक्ष ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका उप–महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा एविएसएस कलेज अफ टेक्नोलोजी दिल्लीका अतुल भारद्वाजले विद्यार्थीहरुलाई अभिमुखीकरण गराएका थिए । कार्यक्रममा बोल्दै अतुल भारद्वाजले विद्यार्थीहरुको मेहनत र लगनशील प्रमुख विषय भएको बताए । कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीले विद्यार्थीहरुलाई जुन विषयमा अध्ययन गरिरहेको छ त्यहि विषयमा निपुण हुन, विषय केन्द्रित भएर अध्ययन गर्न सुझाव दिए । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, सिद्धार्थ क्याम्पस बनेपाका क्याम्पस प्रमुख पुकार कारंजित, विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल, सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख कुमार मानन्धर, रामचन्द्र भट्टराई, प्रशान्त केसी लगायतको सहभागिता रहेको थियो । 
    विज्ञान तथा ब्यवस्थापन विषयमा विद्यालयले तय गरेको ४०÷४० जना कोटामा पूर्ण रुपमा विद्यार्थीहरु भर्ना भएको प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले बताए ।