2026 April 28/ 05:31: 06am

बनेपा/बागमती प्रोस्कूनका सिइओ केशव दाहाल उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित भएका छन् । 
    बागमती प्रदेश बचत तथा ऋण सकारी संघ लि(बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित भएका हुन् । १०२ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघ नेपालले दाहाललाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो ।
    काठमाडौंमा आयोजित कार्यक्रममा उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्लले संयुक्त रुपमा सम्मान पत्र र नगद २५ हजार रुपैयाँ सिइओ दाहाललाई प्रदान गरेका थिए । सहकारी क्षेत्रमा लामो समयदेखि क्रियाशिल दाहालले सहकारी अभियानको व्यवसायिक विकासमा उल्लेख्य योगदान पु¥याएका छन ।