2026 April 28/ 05:31: 07am

बनेपा/पतंजली योग समिति काभ्रेको आयोजनामा सञ्चालन गरिएको ३६ दिने योग उप–शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । 
 पतंजलि योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष ईन्दिरा तौजले राखेकी थिईन् । प्रमुख अतिथी दमन कुमार श्रेष्ठले आफुले सिकेका योग शिक्षालाई जनजनमा पु¥याई सम्पूर्ण नागरिकलाई स्वस्थ बनाउने पतंजली योग समिति काभ्रेको उद्देश्यमा योगदान पु¥याउन आह्वान गरेका थिए । कार्यक्रममा दिक्षित प्रशिक्षार्थीहरुलाई परिचय–पत्र, प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमका सभापतित्व पतञ्जलि योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहनकृष्ण श्रेष्ठले गरेका थिए  संचालन महामन्त्री श्यामकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा योग उप–शिक्षक प्रशिक्षणका संयोजक अनु श्रेष्ठ, पूर्व अध्यक्ष हरिशरण श्रेष्ठ, अञ्जना श्रेष्ठ, उपाध्यक्ष कमला राजभण्डारी, मन्त्री माधव कुमार श्रेष्ठ, महामन्त्री लक्ष्मी उलक, मन्त्री भवानी गुरुङ्ग, बनेपा नगर संयोजक मनिषा बडाल र प्रशिक्षण भएकाहरुको तर्फबाट रीता बराज र गगन कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।  कार्यक्रम पूर्व प्रशिक्षण केन्द्र स्थलमानै यज्ञ होम समेत गरिएको थियो र यज्ञ होम पतंजलि योग समिति बाग्मती प्रदेश संयोजक ग्रुवेन तौजले शुरु गरेका थिए । 
    यसैगरी पतंजली योग पिठ हरिद्धारमा आयोजना हुने एक हप्ते पूनर्ताजगी तालिममा सहभागी हुन काभ्रे जिल्लाका योग पदाधिकारीहरु ३० जना पदाधिकारीहरु बाग्मती प्रदेश संयोजक ग्रुविन तौजलेको नेतृत्वमा काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ सहितको टोली प्रस्थान गरिएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिए ।