2026 April 28/ 05:30: 28am

रु ५ मा WiFi 6 राउटर संगै ५ महिना बोनस 
काठमाडौ÷देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद् अफर सार्वजनिक गरेको छ । 
उक्त अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५०प्रतिशत सम्म छुट र ध्ष्ँष् ट भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन् । उक्त अफर असार २० गते सम्म मात्र मान्य हुनेछ । ग्राहकले आफ्नो मोबाइल एप्सबाट र नजिकैको ब्रान्च मा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ । 
साथै वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्ने छन् । साथै हरेक महिना आइप्याड, र एपल वच समेत जित्न सक्ने छन् । यसैगरि नयाँ ग्राहकहरुका लागि २०० एमबिपीएस हाईस्पीड इन्टरनेट जडान रू ६१० मा आइपी टि. भी र
WiFi 6 भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ ।