बनेपा/लायन्स क्लब अफ बनेपा सिटीको चौंथो वार्षिक साधारण सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष डा. के.बि मानन्धरको सभापतित्वमा र क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन गणेश कुमार रंजितको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्ल्बको वार्षिक प्रतिबेदन सचिव मञ्जु शाह ठकुरीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेशकाजी श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए । हामी सेवा गछौ भन्ने भावनालाई अंगिकार गर्दै समाजका विपन्न बर्ग तथा असहाय मानव ब्यक्तिहरूको सेवाको उद्येश्य लिएर चार बर्ष अगाडी बनेपामा स्थापित उक्त क्लबले समाजको विविध क्षेत्रमा मानवीय सेवा गर्दै आइरहेको प्रमुख अतिथि गणेश कुमार रंजितले बताए । साधारण सभाबाट लायन बर्ष २०२४ र÷२०२५ को लागि मञ्जु शाह ठकुरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्ष रमेशकाजी श्रेष्ठ, द्वितिय उपाध्यक्ष सुदिप श्रेष्ठ, सचिव रोशना राजवंशी, कोषाध्यक्ष सुजन मानन्धर, सह कोषाध्यक्ष निराजन कारंजित, लियो सल्लाहकार एवं क्लब प्रशासक गणेश कुमार रंजित, सदस्य बृद्धि संयोजक एलसी आइएफ संयोजक उदयराम कायस्थ, सेवा प्रमुख रामेश्वर प्रजापति रहेका छन् ।





