2026 April 28/ 05:31: 08am

बनेपा/रोटरी वर्ष २०२३–२४ मा धुलिखेल रोटरी क्लबले डिष्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु र रोटरी क्लब अफ राजधानीद्वारा आयोजित “मामा ग्रीन फाउन्डेशन” बाट वातावरण संरक्षणमा उल्लेखनीय परियोजनाहरुद्वारा सेवा गरे वापत रोटरी क्लब अफ धुलिखेललाई नगद रु.५१ हजार तथा प्रमाण पत्रद्वारा सम्मानित गरिएको छ । 
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ द्वारा जिल्ला पुरस्कार र मान्यता समारोह २०२३–०२४ मा प्रस्तुत गरिएको यसै क्लबको विभिन्न सामुदायिक पहलहरूमा महत्वपूर्ण योगदानलाई उजागर गरेको बताईएको थियो  ।
धुलिखेल रोटरी क्लबले विभिन्न प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको छ, जसमा उत्कृष्ट क्लब सेवा परियोजनाको विजेता, पानी र सरसफाई, शिक्षा, र सेवा साझेदारमा प्रथम उपविजेता साथै, रोग तथा रोकथाम र उपचार, वातावरण, शान्ति र द्वन्द्वमा दोस्रो उपविजेता स्थान हासिल गरेका छन् । साथै पोलियो प्लस अभियानमा योगदान र रोटरी फाउन्डेशनमा शत्तप्रतिशत योगदानका लागि पनि क्लबलाई पुरस्कारद्धारा सम्मान गरिएको थियो । रोटरी वर्ष २०२३–२४ मा कमला श्रेष्ठको नेतृत्वमा  उत्कृष्ट धुलिखेल रोटरी क्लबले आफ्नो प्रशंसनीय कार्य जारी राख्दै आगामी रोटरी वर्ष २०२४–२५ मा ज्योत्सना सैंजू अध्यक्ष रहेकी छिन् ।  
धुलिखेल रोटरी क्लब आशा र प्रतिबद्धताको प्रतीकको रूपमा खडा भई, अरूलाई समाजको कल्याणमा योगदान दिन प्रेरित गर्दछ । क्लबका उपलब्धिहरू सामूहिक प्रयास र समर्पणको प्रमाण हुन् जसले फरक पार्न सक्ने सामर्थ्य राख्ने वर्ष २०२४–०२५ की अध्यक्ष ज्योत्सना सैजूले बताइृन् ।