कटुन्जे/रोशी गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरिएको छ ।
शिक्षा विकास निर्देशनालय हेटौडाका महानिर्देशक दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालिकामा रहेका ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना बालबालिकाहरुका लागि ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क भएको सुनिश्चित भए पछि उक्त घोषणा गरिएको बताईएको छ । प्रमुख अतिथी सुवेदीले अनिवार्य तथा निशुल्क शिक्षा लागु भएपछि रोशी गाँउपालिकामा जन्मने बालबालिका नैसंर्गिक अधिकार तथा शिक्षा बाट बञ्चीत नहुने बताए । जिल्लामा २ वटा पालिकाले मात्रै निशुल्क शिक्षा लागु गरेको सुवेदीले बताए । सबै उमेरका बालबालिका विद्यालयमा आउनु भनेको बाल श्रममुक्त, बाल मैत्री र बालकेन्द्रित शिक्षा हुनु, बाल विबाह अन्त्यका लागी यो ठुलो अबसर रहेको सुवेदीले बताए । कार्यक्रमका सभापति तथा गाँउपालिका अध्यक्ष दिनेश लामाले ४ बर्षदेखि १३ बर्षसम्मका सबै बालबालिका विद्यालय भर्ना भएको निश्चित भए पछि अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गर्न प्रस्ताव गरे अनुरुप घोषणा भएको बताएका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धुलिखेलका प्रमुख देवका ढकाल, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, विद्यालय ब्यबस्थापन समिति महासघंका सचिब श्रीकृष्ण थापा, नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाली कागं्रेस रोशीका सभापति दुधराज तामाङ, नेकपा एमाले रोशिका कार्यवहाक अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष निरध्वज लामा, सामाजिक विकास समितिका सभापति एवं वडा नम्बर ७ का वडा अध्यक्ष अशोक गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी रोशीका कुबेर गौतम, रोशि माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण सिग्देल लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएकोमा धन्यबाद दिदै उक्त कार्यलाई निरन्तर गर्न सुझाब दिएका थिए । कार्यक्रममा स्वागत मन्तब्य पालिका उपाध्यक्ष मिम बहादुर वाईबाले राखेका थिए ।





