2026 April 28/ 04:02: 45am

बनेपा/नेकपा एमालेले गत वर्ष केन्द्रिय कमिटीले मिसन ग्रासरुट अभियान संचालनार्थ तोकिएका जिल्ला इन्चार्जहरुको जिम्मेवारी पुरा भईसकेकाले अब जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय तहका नेताहरुलाई नै इन्चार्ज तोक्ने तयारी गरिएको महासचिव शंकर पोखरेलले बताएका छन् । 
    ‘मिसन ग्रासरुट अभियानबाट प्राप्त ८ सय ५० वटा प्रतिवेदनबाट प्राप्त समस्याहरुको पहिचान गर्दै सुझाव कार्यान्वनका लागि कार्ययोजना तयार गरेका छौं’–महासचिव पोखरेलले भने–‘जनताको चाहना भन्दा पार्टीका नेता तथा कार्यकर्ताहरुको अन्र्तद्वन्द्वका कारण पार्टीले धेरै स्थानमा पराजय ब्यहोरेको छ । मिसन २०८४ मा यस अघिका सबै कमि कमजोरी हटाउँदै संगठन सुदृढिकरण, बैचारिक स्पस्टता सहितको संगठन र हरेक संगठित सदस्यहरुलाई आधारभुत तहको प्रशिक्षण समेत उपलब्ध गराउने छौं ।’ 
    एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनमा जिल्ला कमिटी र लेखा समितिमा निर्वाचितहरुलाई सपथ ग्रहण गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी भित्र बैचारिक, सांगठनिक सक्रियताका लागि पार्टी भित्र सामुहिकता, विधी स्थापित गर्न निर्देशन दिए । पार्टीहरुको अधिबेशन आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने र एकताको निर्माण गर्ने तर्फ केन्द्रित हुने भएकाले जित–हार इतिहासको अभिलेख बनाउन महासचिव पोखरेलले अनुरोध गरे । ‘एउटा अधिबेशनमा सहभागि भएर कुनै पदमा हार्नु वा जित्नु समग्र राजनीतिक जीवनमा हार जित हुनु होईन’– महासचिव पोखरेलले भने–‘जनताको रोजाईको पहिलो पार्टी बनाउने अभियानमा फेरी पनि उत्तिक्कै सक्रियता आवश्यक छ । चुनौती अवश्य छन् तर उज्यालो भविश्य तर्फको यात्रामा छौं ।’ 
    महासचिव पोखरेलले २०७९ को निर्वाचन एमालेका लागि कठिन तर सहि विचार तथा नीतिका कारण एक्लो शतिशाल जस्तै उभिएकाले जनताको पहिलो रोजाईको बन्न सकेको बताए । ‘३४ वर्षमा २८ जना प्रधानमन्त्री बन्नु भएको छ । छिमेकी मुलुकहरुमा दशकौ एकै जनाले नेतृत्व गरिरहनु भएको छ’– महासचिव पोरखेलले भने– ‘राजनीतिक अस्थिरता मुलुक समृद्धीको बाधक बनिरहेको छ । क्रान्तिका लागि च्याम्पियनसिप भयौ भन्नेहरुले मुलुक समृद्धीको यात्रा तय गर्न सक्नु भएन ।’ नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धी सम्भव भएको बताउँदै महासचिव पोखरेलले नेकपा हुँदाको अवस्थाको समेत चित्रण गर्दै एकल बहुमतका लागि मिसन २०८४ एमालेका लागि महत्वपूर्ण अभियान रहेको बताए । 
    नेता कार्यकर्ताहरुलाई भौतिक पूर्वाधारको विकासँगै नागरिकहरुका दैनिक आवश्यकताका विषयमा जोडिएर कार्य गर्न महासचिव पोखरेलले निर्देशन दिदै बझाङ र इलामको उप निर्वाचन प्रतिनिधीमुलक भए पनि त्यसको ¥याई¥याई मात्रै गरेर नपुग्ने बताउँदै संगठन, सक्रियतासँगै समृद्धीको यात्रा तय गर्न निर्देशन दिए । युवाहरुलाई अवसर स्वेशमा रहेको सन्देश दिन मात्रै होईन ब्यवहारमा उर्तान पनि बैदेशिक रोजगारको रेमिट्यान्स भित्रिएको तथ्याङ्क र भारतका युवाहरुले नेपालबाट लगेको रेमिट्यान्स धेरै भएको सत्यतालाई देखउँदै सम्भावना र अवसरलाई कार्यान्वन गर्नु पर्ने बताए । 
    कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टी, संगठन, ब्यक्तिगत चाहना र जनता तथा कार्यकर्ताहरु प्रतिको जिम्मेवारी र दायित्व फरक फरक हुने भएकाले सबैलाई मिलाएर लैजान नेतृत्वले ध्यान पु¥याउनु पर्ने बताए । पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण राईले संगठनका सबै अंगहरु चलायमान बनाउन सबै नेता तथा कार्यकर्ताहरु सक्रिय हुनु पर्ने बताए । केन्द्रिय सदस्यद्धय रेशम लामा र नविना लामा, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, उप सचिव भक्तकुमारी लामा, निवर्तमान जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, अध्यक्ष राजन भुर्तेल, अध्ययक्षका प्रत्यासी एवं निवर्तमान उपाध्यक्ष चन्द्र लामा लगायतले अधिबेशन मतदान सकिए लगत्तै सकिएकाले त्यसका अवशेषहरुले पार्टी निर्माण र सक्रियतामा कुनै असर नपर्ने बताए । 

निर्वाचितलाई सपथ, स्वंसेवकलाई धन्यवाद
    नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनमा निर्वाचित जिल्ला कमिटी र लेखा समितिलाई निर्वाचन आयोगले सपथ गराएको छ । अध्यक्ष राजन भुर्तेललाई निर्वाचन आयोगका संयोजक यज्ञप्रसाद पाण्डेले सपथ गराए भने अध्यक्ष भुर्तेलले निर्वाचित सबैलाई सपथ गराए । 
    अधिबेशनमा बराबरी मत प्राप्त गर्ने रोशी गाउँपालिकाको भुगोल तर्फका युवा गोविन्द उप्रेती र मिलन सागर लामा, जनजाति तर्फका घनश्याम तामाङ र राम लामालाई गोला प्रथाबाट जिल्ला कमिटी सदस्यमा छनौट गरिएको थियो । गोलाबाट राम लामा र गोविन्द उप्रेती चयन भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अधिबेशनमा निर्वाचितहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो । अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उप सचिवद्धय सुर्यमाया दनुवार र रत्नकुश रञ्जित निर्वाचित भएका थिए । लेखा समितिको संयोजकमा सत्यनारायण सापकोटा निर्विरोध भएका थिए । सपथ ग्रहण समारोहमा अधिबेशन सफल बनाउन अहोरात्र खटिने युवा स्वयसेवकहरुलाई  प्रसंशापत्र सहित धन्यवाद दिएको थियो ।