धुलिखेल/धुलिखेल नगरपालिमा संचालित द्वन्द्व पीडितहरुका लागि सामुदायिक समावेशीकरणको लागि संचालित मानसिक स्वास्थ्य परियोजनाको संयुक्त अनुगमन कार्य सम्पन्न गरिएको छ । स्वस्थ शहर धुलिखेल नगरमा २०७७ साल फागुन देखि स्विस सरकारको आर्थिक सहयोग तथा सि एम सी नेपालको प्राविधिक सहयोगमा सञ्चालित मानसिक स्वास्थ कार्यक्रम सञ्चालनमा रहेको छ ।
मानसिक स्वास्थ्य कार्यक्रमको समीक्षा तथा भावी योजनाबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रम संघीय प्रतिनिधि सभाका सांसद माननिय मैना कार्कीको उपस्थितीमा नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । अनुगमनमा सिएमसी नेपालका मनोविद रश्मी तामाङ, द्वन्द्व पीडितहरुको राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष गोपालबहादुर शाह, द्वन्द्वपीडित महिला राष्ट्रिय संजाल अध्यक्ष सृजना श्रेष्ठ, द्वन्द्वपीडित साझा चौतारी सदस्य शंकर बुढाथोकी, द्वन्द्व पीडित अपाङ्गहरुको राष्ट्रिय संजालका सदस्य पुष्पा बस्नेत लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिकामा कार्यरत मनोपरामर्शदाता उषा अर्यालले मनोपरामर्श सेवाको तथ्याङ्क प्रस्तुत गरेकी थिईन भने स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले नगरको स्वस्थ शहर अभियानमा मानसिक स्वास्थ्यको गतिविधी मार्फत आत्महत्या नयूनिकरण गरिएको बारेमा चर्चा गरेका थिए । अनुगमन तथा भावि योजनाको मार्गदर्शन कार्यक्रममा द्वन्द्व पीडित परिवारका सदस्यहरुले आफ्नो अनुभव तथा स्थानीय सरकारसंँगको अपेक्षाका बारेमा चर्चा गरेका थिए ।





