पाँचौ भारत – नेपाल रिङ बल प्रतियोगिता
शंखु/जिल्लामै पहिलो पटक रिङ बल एशोसिएन काठमाडौको आयोजनामा नमोबुद्ध माध्यमिक विद्यालयमा रिङ बल प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाल र भारत विच भएको एक दिने प्रतियोगितामा भारत रजास्थानका विद्यार्थी र नमोबुद्ध माध्यमिक विद्यालयका विद्यार्थी बीच प्रतियोगिता आयोजना गरिएको थियो । छात्रा र छात्र दुबै टिममा भएको खेलमा दुबै खेलमा भारतका विद्यार्थीहरु विजेता बने । प्रतियोगिता पछि नमोबुद्ध माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल सत्यनारायण श्रेष्ठले नयाँ खेल भएकाले विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न सफल भए र आगामी प्रतियोतिामा जित हासिल गर्ने बताए । विद्यार्थी र विद्यालयका लागी रिङ बल प्रतियोगिता नौलो भएकाले यस खेललाई जिल्लाब्यापी बनाउन लाग्ने श्रेष्ठले बताए । भारतका टिमबाट अनन्त पाण्डे, प्रदिप गिरी र प्रदिप कुमार शाहको नेतृत्वमा उक्त टोली प्रतियोगितामा सहभागि भएको थियो । नेपालमा कोभिड–१९ भन्दा अघि चारवटा खेल काठमाडौमा भएको र पाँचौ खेल काभ्रेको नमोबुद्ध माविमा भएको एशोसिएसनका रमेश राईले जानकारी दिए । उक्त खेलमा सहभागी पछि भारत, माल्दिभ्स लगायतका अन्तराष्ट्रिय खेलमा सहभागी हुन पाईने राईले बताए । खेलले मानिसलाई अनुशासित, मैत्रीपूर्ण सम्बन्ध र स्वस्थ रहने हुनाले खेल अनिवार्य रहेको विद्यालयका प्रिन्सिपल सुवर्ण श्रेष्ठले बताए । प्रतियोगितामा धुलिखेल नगरपालिका वडा नम्बर १२ का अध्यक्ष मोहनप्रसाद लामिछानेले भारत देखी नेपालमा खेल खेल्न आएका खेलाडीहरुलाई स्वागत गरेका थिए । वडा अध्यक्ष लामिछानेले सबै खेलाडी विद्यार्थीहरुलाई अनुशासित भई खेल खेल्न आग्रह गरेका थिए । प्रतियोगिता पछि विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो । प्रतियोगितामा शिक्षक, विद्यार्थीहरु सहभागी रहेका थिए ।





