2026 April 28/ 04:17: 16am

धुलिखेल/५६ आंै राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता काभ्रेपलाञ्चोक जिल्ला महाभारत घर भएका खेलाडी सागर मोक्तानलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानमा हुने आठांै च्याम्पियनसीप प्रतियोगितामा सफलताका लागि बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । 
    महाभारतमा जन्मिएर कराँते प्रतियोगिता मार्फत गाउँपालिका र जिल्ला तथा नेपालकै नाम राख्न सफल सागर मोक्तान भुटानमा हुने प्रतियोगितामा भाग लिन जाँदै छन् । नेपालका विभिन्न प्रतियोगितामा उत्कृष्टता प्रर्दशन गरिसकेका सागरलाई एमाले अध्यक्ष ओलीले बधाई तथा शुभकानमा ब्यक्त गरेका हुन् । धुलिखेलमा आयोजित नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनलाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले सागर मोक्तानलाई नेपालको प्रतिनिधित्व गर्दै भुटानमा जान लागेकोमा बधाई दिएका थिए । साथै उनले प्रतियोगितामा उत्कृष्टता प्रर्दशन गर्न, अनुशासन कायम राख्न र राम्रो तयारीका लागि अनुरोध गरेका थिए । यसअघि सागरलाई जिल्लाका विभिन्न कार्यक्रममा नेपालको उत्कृष्ट खेलाडी भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो ।