बनेपा/ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलको तेश्रो एल्वम ‘पहिरो’ सार्वजनिक गरिएको छ । यसअघि पोखरेलले दुईवटा भजन सार्वजनिक गरिसकेका छन् ।
युट्युबमा अच्यूतानन्द च्यानलबाट पहिरो नामक गितमा जताततै पहिरो, पिर प¥यो गहिरो लगायतका शब्दहरु राखेर भिडियो सहितको एल्वम सार्वजनिक गरिएको हो । गितमा परिवार विदेश गएको, परिवारका सदस्यहरु विदेश जाँदा घर परिवारमा परेका समस्या, प्राकृतिक विपत्तिले पारेको असर, संस्थामा जम्मा गरेको रकम फिर्ता हुन नसकेका, संस्था भागेको, मनभरी पिर नै पिर परेको बास्तविक जीवनमा मेल खाएका घटनाहरु समेटेर उक्त भिडियो सार्वजनिक गरिएको छ । संकटमा आफन्त र नातागोता समेत टाढा–टाढा पुगेको उल्लेख छ । शुक्रबार सार्वजनिक गरिएको उक्त एल्वम केहि घण्टामा हजार भन्दा धेरै जनाले हेरिसकेका छन् । उक्त भिडियोमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् ।
ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलको दोश्रो एल्वम दुर्गा भजन जय श्री कालीका नामबाट सार्वजनिक गरिएको थियो । ७ वर्ष अघि उनले जय काली नामक भजन बजारमा ल्याएका थिए । त्यतिबेला ४ मिनेट २७ सेकेन्डको भजन पछिल्लो चरणमा ८ मिनेट ५० सेकेन्ड लामो थियो । दुर्गा नामक भजनमा नेपालका विभिन्न मठ मन्दिरहरुमा गरिने दुर्गाको पुजा र आराधनाका बारेमा ब्याख्या गरिएको थियो । अच्यूतानन्द काभ्रेबाट प्रकाशित हुने प्रदेश स्तरको ‘क’ श्रेणीको साप्ताहिक चेष्टाका नियमित स्तम्भकार हुन भने मदानी बिट डट कमका पनि स्तम्भकार छन् । दशकौं देखि उनी संचारमाध्यम मार्फत पाठक र श्रोताहरुलाई सामाजिक जागरणको अभियान संचालन गरिरहेका छन् ।





