2026 April 28/ 04:02: 46am

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले असार १ गते एसईई दिएर बसेका विद्यार्थीहरुका लागि खुल्ला रोड रेस प्रतियोगिताको आयोजना गर्ने भएको छ । 
    प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक प्रताप बैद्यले चौथो रोड रेसको तयारीका बारेमा जानकारी गराएका थिए । नैतिक, ब्यवहारिक तथा ब्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने अभियानका साथ बनेपामा २२ वर्ष देखि संचालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यद्वारा जारी प्रेस विज्ञप्तीमा सफल जीवनका लागि अनुशासन र स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद र अनुशासन भन्ने नारालाई प्राथमिकतामा राख्दै एसईईको तयारीका लागि कडा अनुशासन भित्र बसेर पठनपाठन गरी एसईई लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि चौथो ज्ञानकुञ्ज रोड रेस २०८१ आयोजना गरिएको बताईएको छ । 
    रोड रेसमा छात्रा÷छात्रा दुबै सहभागि हुन सकिनेछ । छात्राहरुको रोड रेस ३.६ किलोमिटरको रहनेछ भने छात्रको ७ किलोमिटर हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार उपलब्ध गराउने छ । २०८० जेठ ३२ गतेसम्म सहभागिहरुले एक सय रुपैयाँ तिरेर नाम दर्ता गर्न सक्नेछन् । दौडका लागि निशुल्क टिसर्ट, खाना तथा प्रमाणपत्र समेत विद्यालयले उपलब्ध गराउनेछ । पहिलो रोड रेस २०७६ सालमा, दोश्रो २०७८ र तेश्रो २०७९ सालमा आयोजना गरिएको थियो । ७ किलोमिटर दौड पनौतीबाट बनेपा हुँदै ज्ञानकुञ्ज कलेजसम्म हुनेछ भने छात्रहरुको दौड बनेपा चण्डेश्वरी हुँदै विद्यालयमा हुनेछ । दौड सकिए लगत्तै विद्यार्थीहरुलाई प्रमाणपत्र सहित पुरस्कार उपलब्ध गराईने प्रवन्ध संचालक प्रताप बैद्यले बताए ।