2026 April 28/ 04:20: 07am

पनौती/मानेश्वरी ब्वाईज क्लवको आयोजनामा पनौतीको क्षेत्रिय रंगशालामा पनौती क्षेत्रमा फुटबल खेलको स्तर बृद्धि गर्ने उदेश्यले शुक्रबार देखि काभ्रे जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता भईरहेको छ । 
    पनौती नगरपालिकाको मुल प्रायोजनमा शुरु भएको प्रतियोगिताको शुभारम्भ नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए । फुटबल क्षेत्रको विकास गर्न तथा खेलाडीहरु उत्पादन गर्न नगरपालिकाले आवश्यक समन्वय र सहजिकरण गर्ने उनले बताए । उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु, प्याब्सन नेपालका उप महासचिव भिमसेन केसी, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारा, संस्थाका कार्यवाहक अध्यक्ष देवराज श्रेष्ठ, खेल संयोजक सुरेन्द्र भुजु, रामकृष्ण श्रेष्ठ, महिला अध्यक्ष कविता थापा श्रेष्ठ लगायतको सहभगिता रहेको थियो । प्रतियोगितामा छात्र तर्फ १५ टिम र छात्रा तर्फ ४ टिमको सहभागिता रहेको छ । विद्यालय स्तरीय प्रतियोगितामा विजयी हुने टिमले छात्र    तर्फ २० हजार र दोश्रो हुनेले १० हजार नगद सहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने छात्र तर्फ १० हजार र ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको समापन असार १ गते हुनेछ ।