बनेपा/पतंजलि योग समिती काभ्रे, महिला पतंजली योग समिती काभ्रे र पतंजली योग युवा नेपाल काभ्रेको आयोजनामा भएको ५ दिने वृहत निःशुल्क योग विज्ञान शिविर समापन भएको छ ।
शिविरको समापन वागमती प्रदेश सांसद कन्चनचन्द्र बादेले गरेका थिए । प्रमुख अतिथी बादेले विद्यालयको पाठ्यक्रममा नै योगको विषय राखी विद्यार्थी जिवन योगको बारेमा सिकाउनु पर्ने बताए । बालक, युवा बृद्ध सबै उमेरकालाई योग आवश्यक रहेकाले पाठ्यपुस्तकमै योगको विषय राखियो भने सहज हुने बादेले बताए । सबै मानिस स्वस्थ, र सकारात्मक हुन योग अनिवार्य रहेको बादेको भनाई रहेको थियो । शिबिर समापन कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजले, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अधयक्ष चन्द्रबहादुर खड्का लगाएतले योगको महत्वका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेले राखेका थिए । जेठ १३ देखी १७ गते सम्म संचालन भएको उक्त शिविरमा पहिलो र दास्रो दिन केन्द्रिय महिला प्रभारी पुज्या साध्वी देवादितिबाट तेस्रो, चौथो र पाँचौ दिन पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले संचालन गरेका थिए । शिविरमा जिल्ला भरबाट उल्लेखनिय उपस्थिति रहेको थियो । शिबिरमा बागमती प्रदेश पदाधिकारीहरु लगायत जिल्ला भरीका योग साधना केन्द्रका योग साधिकाहरु सहभागिता रहेको थियो । शिबिर समापनको सभापतित्व पतंजली योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्थले गरेका थिए भने सञ्चालन महामन्त्री श्यामकुमार श्रेष्ठले गरेका थिए । शिबिरको संयोजन बनेपा नगर समिती संयोजक मनिष बडालले गरेका थिए ।





